X (current)

अन्तराष्ट्रिय ट्राई एडभान्चर प्रतियोगिता २०१९को प्रथम पुरस्कार त्रिभुवन आर्मी क्ल्वले हात पार्न सफल

  Bikaspost   19 September, 2019


धादिङ । नेपाली सेनाद्धरा आयोजीत तेस्रो सिओएएस   अन्तराष्ट्रिय  ट्राई एडभान्चर   प्रतियोगिता २०१९को प्रथम उपाधी त्रिभुवन आर्मी क्ल्वले हात पार्न सफल भएको छ ।
यसै गरी दोस्रो र तेस्रो उपाधी भारतीय सेनाले जितेको छ । महिलातर्फ भने यानटिए महिला समुह प्रथम र  प्याडल नेपाल नामक टेकिङ्ग कम्पनीले दोस्रो पुरस्कार हात पारेको छ ।
पुरुषतर्फ प्रथम हुने त्रिभुवन आर्मी क्लवले एकलाख पचास हजार दोस्रो र तेस्रो हुने भारतीय सेना समुह ए र  वीले क्रमश एक लाख र पचहत्तर हजार सहित सिल्ड प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरी महिलातर्फ प्रथम र दोस्रो हुनेले क्रमशः पचास र तिस हजार नगद सहित सिल्ड प्रमाण पत्र प्रप्त गरेको छ ।
 धादिङको गल्छी गाउँपालीका स्थित बेरैनीबाट  सुरु भएको सो खेल बेनीघाट रोराङ्ग गाउँपालीकाको खटौतीमा गई सम्पन्न भएको थियो ।
खेलमा दौडा, साईकिल्ङ्ग र ¥र्याफ्टिङ्ग  गराई खेलाडीहरुलाई प्रतिशप्रदा गराईएको हो  ।
तिन ओटै विधा पार गर्दा खेलाडिहरुले ४३ किलोमिटरको दुरी पार गरेका थिए ।
  प्रतियोगितामा खेलाडिहरुको बैरेनीबाट सुरु भएको दौड ६ दशमलव ७ किलोमिटरको दुरी पार गरे पछी २६ किलोमिटर साईकिल्ङ्ग र एघार किलोमिटरको दुरी  त्रिशुली नदीमा ¥र्याफ्टिङ्ग  गरी पुरा गरेका हन् ।
यस प्रतियोगितामा नेपाल, भारत, माल्दीप्स,श्रीलंका र बंगलादेशका सेना सहित १६ टिमले भाग लिएका थिए ।
ति मध्य चार टिम नेपाली महलिाहरुको सहभागीता रहेको  थियो प्रतियोगीतामा सहभागी खेलाडिहरुलाई नेपाली सेनाका प्रमुख पुर्ण चन्द्र थापाले मेडल र नगद सहित प्रमाण्पत्र वितरण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस