X (current)

अमृसो विक्रिबाट चेपाङ्ग आत्मा निर्भर

  Bikaspost   9 December, 2019


धादिङ । दक्षिणी धादिङका चेपाङ्ग समुदायका मानिसहरुलाई यस वर्ष अमृसो खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।
गत वर्षहरुमा त्यतिकै खेर गएको अमृसो यस वर्ष राम्रो मुल्यमा विक्रि भएको बताएकमा छन् ।
गत वर्ष  पन्द्र विस रुपैयामा पनी विक्रि नभएको कुच्चे यस वर्ष एउटै कुच्चेको पचासदेखी सत्तरी रुपैयामा विक्रि भएको अमृसो खेती गर्ने किसानको भनाई छ ।
विकट स्थानका खेर गएको भिरालो  जमीनमा र जंगलमा गरिएको अमृसो खेतीबाट चेपाङ्ग समुदायका मानिसहरु अहिले आर्थिक रुपमा थोरै भए पनी मजवुद बन्दै जना थालेका छन् ।
यस वर्ष एउटै चेपाङ्ग परिवासले अमृसोको कुच्चो विक्रिबाट मात्र सत्तरी हजारदेखी एक लाखसम्म आम्दानी गरेको बताएका छन् ।
सिमान्तकृत चेपाङ्ग समुदायका मानिसहरुलाई आय आर्जनका लागी सरकराले यस्ता नगदे खेती गर्नका लागी सहयोग गरिदिनु पर्ने माग चेपाङ्ग अगुवाहरुले गरेका छन् ।
अहिले जिल्लाको विकट मानिने धुषाको दुङ्गवाङ्ग,महादेवस्थानको चोतेस झिरुवासलगाएतका गाउँहरुमा चेपाङ्ग समुदायका मानिसहरुको आयआर्जनका लागी खेर गएको भिरालो जमीन र जंगलमा अमृसोलगाएर आर्थिक आम्दानी गर्न थालेका छन् ।
उनिहरुले उत्पादन गरेका अमृसोका कुच्चो चितवन, धादिङ र काठमाण्डौलष्गाएत पोखराको बजारहरुमा लगी विक्रि गर्ने गर्दछन् । आफ्नो जमीनमा उत्पादन भएको अन्नवालीले तिन महिना पनी खान नपुग्ने सो समुदायका मानिसहरुलाई अहिले अमृसोको कुच्चो विक्रिबाट कम्तीमा छ महिनाका लागी खाने खाद्यन्न बस्तुहरु किन्न पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस