अरनिको राजमार्ग अन्तर्गत पचास किलो क्षेत्रमा सडक अवरुद्ध
Bikaspost 9 July, 2024
काभ्रे । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित ५० किलो क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो करिब सय मिटर जति भएकेाले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने काम भने सुरु भएको छ ।