X (current)

अविरल वर्षाका कारण आएको बाढीका कारण महादेवस्थानमा निर्माणधीन अवस्थामा रहेको हुवासिन उद्योग पुर्ण रुपमा क्षती

  Bikaspost   15 July, 2019


धादिङ । गए राती परेको अविरल वर्षाका कारण आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ्ग गाउँपालीका स्थित महादेवस्थानमा निर्माणधीन अवस्थामा रहेको व्ह्सीन सिमेन्ट उद्योग पुर्ण रुपमा क्षती पु¥याएको छ । मलेखु खोलामा आएको बाढीका कारण सो उद्योगमा क्षती पुगेको हो ।

खोलाले उद्योगमा रहेको एक स्काभेटर, दुई ओटा जिप, र दुई ओटा ट्रिपर वगाएको छ ।

यसै गरी निर्माणका क्रममा प्रयोग हुने सबै जसो मेसिनरी सामानहरु बगाएको छ ।

उद्योगको विचबाट खोला पसे पछी कामदारहरुको समेत विचल्ली भएको छ । कामदारहरु बस्ने सबै घरमा क्षती पुगेको छ । मानविय क्षती भने नभएको बताईएको छ ।

दुई सय पचास चिनिया कामदार र दुई सय नेपाली गरी चार सय पचास जना रहेको सो कम्पनीमा बाढीका कारण फसेका सबै कामदारहरुलाई सकुसल उद्धार गरिएको प्रशासनीक कर्मचारी तुलसी जंग थापाले जानकारी दिनु भयो ।

सबै कामदारहरुलाई नजीकको विद्यालयमा राखिएको पनी उहाँले बताउनु भएको छ ।

उद्योगमा बाढीका कारण कति क्षती पुग्यो भन्ने यकिन भने गर्न सकियको छैन। निर्माणका क्रममा भएको सो उद्योगको प्रतिशत १० काम सम्पन्न भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस