X (current)

आफ्नो उत्पादन आफै विक्रि गर्ने किसानहरुले आम्दानी राम्रो लिन थाले

  Bikaspost   29 December, 2019


धादिङ । पृथ्वी राजमार्ग छेउ छाउमा आफ्ना कृषी उत्पादन आफै विक्रीका लागी बस्ने किसानहरुले आजकाल राम्रो  आम्दानी गर्न थालेको बताउछन् ।
विचौलीयाका कारण मुल्य कम पाए पछी विषेस गरी राजमार्ग आसपासमा आफ्नै बारीमा उत्पादन गरेको केरा विक्रि गर्न बस्ने किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।
विषादी रहित केरा स्वादीलो हुने भएकोले पनी  विक्रि राम्रो हुन थालेको अनुमान किसानहरुको छ ।
गत वर्षहरुको यही सिजनमा मुस्किलले दुई तिन हजारको मात्र केरा ब्यपार गर्दै आएका किसानहरुले अहिले दैनिक सात आठ हजार केरा विक्रिबाट आम्दानी लिने  गरेको बताउछन् ।
विषेस गरी  पर्यटन वर्षको पुर्व सन्ध्यामा पृथ्वी राजमार्ग हुदै पोखरा चितवन घुम्न जान आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले पनी यस्ता उत्पादनहरु मन पारउने गरेकाले विक्रि हुने गरेको हो । राजमार्गमा यस्ता किसानहरुले नै खोलेको दर्जनौ पसलहरुले पर्यटकहरुको  आकर्षणका लागी झुण्डायर राखेका हुन्छन् ।
अन्य ब्यपार भन्दा सजिलो र थोरै लगानीमा आफ्नै उत्पादन विक्रि गर्ने भएकोले स्थानीय किसानहरुलाई यो ब्यवसाय अत्यान्त राम्रो भएको भनाई छ ।
प्रति महिना आफैले उत्पादन गरेको केरा विक्रिबाट दुई लाखसम्म आम्दानी गर्ने गरेको किसानहरु बताउनु हुन्छ ।
राजमार्गको छेउछाउमा बसी यस्तो व्यबसाय गरी घर चलाउदै आएका ति किसानहरुले आफुहरुलाई दैनिक आम्दानीको श्रोत राम्रो हुने भएकोले घर चलाउन समेत अत्यान्त सजिलो भएको बताउछन् ।  
धादिङ जिल्लामा  केरा उत्पादनको लागी राम्रो हावा पानी भएकोले निकै किसानहरुले ब्यवसायीक रुपमा केरा खेती गर्दै आएका छन् ।


आजकाल राजमार्ग छेउ छाउबाट प्रति घरी केराको तिन हजारसम्ममा विक्रि हुने गरेको छ ।
गत साल मुस्किलले पन्द्र सयसम्मा विक्रि हुने केराको मुल्य अहिले दोब्बर भएको हो ।
धादिङको निलकण्ठ ,कुम्पुर ,वेनिघाट ,गजुरी,नलाङ्ग, सलाङ्गल गाएतका स्थानीय  किसानहरुले ब्यबसायीक रुपमा केरा खेति गदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस