X (current)

आफ्नो जमीनको उचित मात्र होईन, मुआब्जाको मुल्य सहि थाहा नपाए लालपुर्जा दिन्नौं–आन्दोलनमा उत्रिए बुढिगण्डकी पिडित

  Bikaspost   24 November, 2019


धादिङ । बुढिगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने मुख्य ब्यपारी केन्द्रका बजार क्षेत्रको जमीनको उचित मुआब्जाको माग गर्दै त्यहाँका स्थानीयहरुले आज जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन् ।  
गोर्खा र धादिङ जिल्लामा पर्ने पुरानो मुख्य ब्यपारी केन्द्रहरु भएका बजारको सरकारले जमीन रोक्का गरेको तर उचित मुआब्जा नतोकिदिएको भन्दै डुवान पिडित स्थानीय र जनप्रतिनिधिहरुले संयुक्त रुपमा विरोध सुरु गरेका हुन् ।
डुवान पिडितहरुले मुख्य ब्यापारी केन्द्र आरुघाट, आखेत, खहरे विशालनगर जस्ता बजारहरुमा पर्ने   जमीनको   सरकारले उचित मुआब्जा नदिएको खण्डमा लालपुर्जा सरकारलाई नदीने समेत बताएका छन् ।
सबै ठाँउको मुआब्जा तोकी दिई सकेको तर ति स्थानहरुमा कहिले मुआब्जा दिने मात्र नभई कति दिने भन्ने पनी नतोकी  जमीन पनी रोक्का गरे राखी दिएका कारण स्थानीय समस्यामा परेका हुन् ।
सरकराले जमीन  किनवेच गर्न रोक्का गरेर राखिदिएको चार वर्ष भईसक्दा पनी गोर्खाको आरुघाट आर्खेत र धादिङको विशाल नगर र खहरेको मुआब्जा निर्धारण समेत गर्न नगरे पछी प्रभावीतहरु आन्दोलीत् भएका हुन् ।
जमिन रोक्का हुदा पिडितहरुले केही  ब्यवसाय समेत गर्न नपायको भन्दै कि मुआब्जा दिनु पर्ने कि तत्काल जमीन फिर्ता दिनु पर्ने माग पिडितहरुले गरेका छन् ।


गोर्खा र धादिङ दुबैतर्फका जनप्रतिनिधिलागएत  डुवान पिडितहरुले सरकराले आफ्नो माग सम्वोधन नगरेको खण्डमा कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिईएको छ ।
आयोजनाले आफुहरुलाई निकै दःख दिएको आरोप समेत स्थानीयहरुले लगाएका छन् ।
पटक पटक डुवान पिडितहरुले सरोकारवाल र सरकारसंग उचित मुआब्जाका लागी आग्रह गर्दा समेत बेवास्था गरे पछी आफुहरु बाध्य भएर आन्दोलित हुनु परेको पिडितहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस