उत्तरी धादिङमा पहीरोका कारण सात घर बगायो पाँचको मृत्यु ,एक घाईते उद्दार कार्य जारी
28 June, 2018
धादिङ । अविरल वर्षा पछी आएको पहिरोका कारण उत्तरी धादिङको विभिन्न स्थानमा गरी सात घर वगाएको छ, भने पहिरोमा परी पाँच जानको मृत्यु भएको छ । यसै गरी एक जान घाईते भएको छ ।
नेत्रावती गाउँपालीकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
गए राती खनीयाबास गाँउपालीका–५ स्थित सत्यदेवीको साईश्वाँरामा राजु गोलेको घर पहिरोले बगाउदा गोलेको श्रमती ३६ बर्षिय बसोधा गुरुङ ,५ वर्षीय छोरी सरस्वती र १० वर्षका लक्ष्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । नीजको छोरालाई भने घाईते अवस्थामा जिवितै उद्धार गरी उपचारका लागी स्थानीय अस्पतालमा लगिएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।
यसै गरी खनीयावास गाउँपालीका स्थित ४ चिउरीबोटमा पनी पहीरोका कारण घर बगाएको छ ।
पहिरोमा परी सम्सेर घले र उनको श्रीमती को मृत्यु भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जनाएको छ ।
घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । र्इलाका प्रहरी कार्यालय दार्खाबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको छ । घटनाको अन्य विवरण आउन बाँकी छ ।