X (current)

उत्तरी धादिङ स्थित डुण्डुरे खोलामा पक्कि मोटरएवल पुल निर्माण पुल निर्माणमा ढिलाई हुदा त्यस भेगका स्थानीयहरु समस्यामा

  Bikaspost   31 October, 2019


धादिङ । निर्माण सुरु भएको तिन वर्ष वित्दा पनी उत्तरी धादिङ स्थित डुण्डुरे खोलामा पक्कि मोटरएवल पुल निर्माण नहुदा त्यस भेगका स्थानीयहरु समस्यामा परेका छन् ।
डुण्डुरे खोलामा पुल नभएका कारण सवारीका साधनहरु साङ्कोष तिप्लीङ्ग सडक हुदै रुवी भ्यालीसम्म सिधै आवत जावत ठप्प भएको छ ।
अलिहे खनीयावास गाउँपालीकाको गजेलीसम्म सवारीका साधनहरु पुगिसकेको छ ।
खनीयावास गाउँपालीकामा पर्ने सो पुल निर्माण भएको खण्डमा रुवी भ्याली गाउँपालीकाको सेतुङ्ग सिधै सडक सम्पकसंग जोडिने छ ।
डुण्डुरे खोलामा ५४ मिटर लम्वाईको पुल १८ महिनामा सम्पन्न गर्ने गरी हिम्रुङ्ग थोकर र आर जे निर्माण कम्पनीलाई  ज्वाईनट भेन्चरममा  प्रदेश  सरकारको पुर्वाधार विकास मन्त्रालयले चार करोड पाँच लाखमा जिम्मा दिईएको  हो ।
सो स्थानमा मात्रै भए पनी पुल निर्माण भएको खण्डमा आवाश्यक दैनिक उपभोग्य बस्तुहरु  रुवी भ्याली लगाएत उत्तरी क्षेत्रमा सहजै र सस्तो मुल्यमा ओसार पसार गर्न सहज हुने स्थानीयहरुको भनाई छ । उक्त खोलामा छिटै पुल निर्माणको काम सुरु गर्न स्थानीहरुले माग  गरेका छन् । उता निर्माण कम्पनीका प्रविधिकहरुले भने डिजाईन फेर्नु परेका कारण ढिलाई हुन गएको बताएका छन् ।
यसोत साङ्कोष  तिप्लीङ्ग सडक खण्डमा पर्ने विभिन्न खोलाहरुमा समयमा नै पक्कि मोटरएवल पुल निर्माण हुन नसक्दा सवारीका साधनहरुले जोखिम मोलेर खोला तर्न बाध्य छ ।
वर्षातका समयमा सवारीका साधनहरु ठप्प हुने गरेको छ । साङ्कोष तिप्लीङ्ग सडक खण्डमा पर्ने किन्ताङ्ग र लपाङ्ग खोलामा मोटरएवल पुल निर्माण हुने कुनै संकेत देखिएको छैन ।
पुल नहुदा सवारीका साधनहरुले जोखिम मोलेर यात्रुहरु ओसार पसार गर्न बाध्य छन् ।
यसो त उपभोग्य सामान सदरमुकामबाट उत्तरी धादिङसम्म पु¥र्याउनका लागी पनी तिन ठाँउमा भरीयालाई नै बोकाउनु पर्ने बाध्यतामा स्थानीयहरु छन् ।  


सडक धादिङवेसीबाट रुवी भ्याली गाउँपालीका पुगे पनी सामान सिधै ढुवानीका लागी डुण्डुरे खोलामा पुल निर्माणमा भएको ढिलाई कारण निकै  समस्या आउने गरेको छ ।   

प्रतिक्रिया दिनुहोस