X (current)

एलआईसी (नेपाल) लि.को १८औ वार्षिक साधारण सभा सम्पन्न

  Bikaspost   9 March, 2021


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारण सभा मिति २०७७÷११÷२५ गतेका दिन एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले आ.ब. २०७५÷०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३∞ लाभांश पारित गरेको छ जस अन्तर्गत १० % वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३∞ नगद लाभांश रहेका छन् । आ.ब. २०७५÷०७६ मा कम्पनीले १,८९,३२० नया“ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । २०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आ.ब. २०७५÷०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८∞, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६∞, बीमालेख संख्यामा ४२.०९∞, लगानीतर्फ २३.६५∞ र लगानीबाट प्राप्त आम्दानीमा २१.९२∞ को बृद्धिदर रहेको थियो ।
१८औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा श्रीमती कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।
कम्पनीका अध्यक्ष श्री एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उहा“ले एलआईसी नेपालको १९औं (आ.ब. २०७६÷७७) वार्षिक साधारण सभा पनि यथासक्य चा“डो सम्पन्न गरिने वताउ“दै आ.ब. २०७६÷०७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिनुभयो । चालु आ.ब. २०७७÷७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमाशुल्क आर्जनमा २०.२४∞ को बृद्धिदरकासाथ कूल वीमाशुल्क आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराउनु भयो । उहा“ले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाउनु भयो । जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै श्री कुमारले यस बीमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बीमा कम्पनी बनाइ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस