X (current)

एैसेलु गैराका सिला बहादुर नेपालीलाई विगत २६ वर्षदेखी एउटै खोरमा

  Bikaspost   25 November, 2019


धादिङ । शिद्धलेक गाउँपालीका स्थित एैसेलु गैराका सिला बहादुर नेपालीलाई विगत २६ वर्षदेखी एउटै खोरमा थुनेर राखिएको छ ।
नेपालीलाई सात वर्षको उमेर  हुदादेखी नै सानो काठको खेरमा थुनेर राखिदै आएको हो ।
३३ वर्षीय नेपालीलाई  हिडडुल गर्न, उठवस गनर्, खाना खान  समेत अरुकै शाहारा लिनु पर्छ ।  
अपाङ्गता भएका कारण उनलाई हेर विचार गर्ने मानिस नभए पछी त्यसरी थुनेर राखेको हो ।
सानैमा विरामी परे पछी नेपाली सात वर्षको उमेरबाट हिडडुल गर्न नसक्ने भएको  थियो ।
गरिविका कारण  औषधी उपचार गर्न नसकी विरामी परेका सिला बहादुर झनै असक्त भई उनका शरिरले केही गर्न नसक्ने भएको हो ।
सिला बहादुर सानै छदा उनको बुवाको मृत्यु भयो, त्यस पछी त परिवारले झनै समस्या बोहोर्दै आएको सिला बहादुरका आमा  सुकमाय नेपालीका बताउनु हुन्छ ।
दुई सन्तानका आमा सुकमायाका पहिलो सन्तानका रुपमा   सिला बहादुर जन्मीयका ह्न् ।  
दुई भाई छोरा भएको बताउने सुकमाया  कान्छो छोरा भिन्न भएर बसेको र आफैले असक्त छोराको  वर्षैदेखी सिहार गर्दै आएको बताउनु हुन्छ ।
सानो टिनको छाने भएको  घर , घरमा  सुत्दा न त जाडो छेक्ने सिरक डसना नै छ न त विहान बेलुकी छाक टार्न अन्नका दानो नै छ ।
विहान बेलुकीको जोहो गर्नका लागी गाँउमा खानेकुराको खेजी गर्न जानकै लागी पनी अपाङ्गता भएको छोरालाई दिनभरी खोरमा नै थुनेर राख्नु पर्ने बाध्यता रहेको उनका बृद्ध आमा बताउनु हुन्छ । खोरबाट बाहिर निकाले घस्रेर हिड्ने र लड्ने डर हुन्छ ।
रातीको समयमा पनी खोरमा नै थुनेर सुताउनु पर्ने उनका आमा बताउनु हुन्छ ।
सरकाले यस्ता अपाङ्गता भएका ब्यक्तिहरुको उचित हेरविचार र औषधी उपचारको ब्यवस्था गरिदिनु पर्ने माग सुकमाया बताउनु हुन्छ ।


देशभर  असक्त र अपाङ्गता भएका क्षेत्रमा काम गर्ने सरकारी र दर्जनौ गैर सरकारी संस्थाहरु छन् । तर यस्ता दुर दराजका बस्तिमा  भएका मानिसहरु त्यस्ता संस्थाहरुको नजमा कहिले पर्ने यो अहिलेको ज्वालान्त उदाहरण हो ।    

प्रतिक्रिया दिनुहोस