X (current)

कल्लेरीका स्थानीयको घरघरमा धारा

  Bikaspost   22 December, 2020


धादिङ । पिउने पानीकै लागी त्रिशुली नदी धाउनु पर्ने बाध्यतामा रहेको कल्लेरी स्थित बेलीनटारका स्थानीयहरु अब भने सोसमस्याबाट मुक्त भएका छन् ।
सरकाले एक घर एक धाराको अवधारण ल्याए पछी गाँउ भएका सबैको घर घरमा नै स्वच्छ पिउने पानीको ब्यवस्था भएको छ ।
जस्का कारण त्यहाँका स्थानीयहरु अहिले पिउने पानीको समस्याबाट मुक्त भएका हुन् ।
अब पानीको लागी निकै टाढा टाढा खोला र खोल्सी धाउनु पर्ने बाध्यताको पनी अन्तय भएको भन्दै स्थानीयहरु खुसी भएका छन् ।
धारा घरमा नै ब्यवस्था भए पछी खेर गएको पानी आय आर्जनमा पनी लागउन सजिलो भएको स्थानीयहरु उपभोक्ताहरु बताउनु हुन्छ ।
स्वास्थ्य र सरसफईका लागी त झनै फाईदा पुगेको उहाँहरु बताउनु हुन्छ ।
राजमार्गबाट निकै नजिक देखिने अत्यान्त सुगम जस्तो ठाँउ भएको भए पनी पानीका कारण निकै दुख भएकोले गर्दा त्यहाँका स्थानीयहरुले निकै समस्या भोग्दै आएका थिए ।
एक गाग्री पानीको लागी कित त्रिशुली नदी कि भने नजिकैको खोल्सा खोल्सीमा जमेको फोहर पानी लिन घण्टौ समय खर्चिदै आएको भन्दै अब पानी लिन जाने समय बचत भएको जनप्रतिनिधिहरु बताउनु हुन्छ ।
पानी लिन जाने समयमा अन्य आयमुलक काम गर्न सकिने पनी स्थानीयहरुको भनाई छ ।
गल्छी गाँउपालीकामा पर्ने कल्लेरी स्थित उक्त गाँउका स्थानीयहरुको घर घरमा स्वच्छ पिउने पानीको धारा ल्यानका लागी स्थानीय तहको दश लाख गाँउलेहरुको श्रमदानसंगै गैर सरकारी संस्थाहरुले एक करोड त्रिचालीस लाख खर्चेको छ । पिउने पानीको उचित ब्यवस्थापनका लागी धादिङमा सामाजीक क्षेत्रमा निकैलामो समयदेखी कार्यरत प्रयास नेपाल नामक एक  गैरसरकारी  संस्थाले सहजीकरण गरेको हो ।
दुई किलो मिटर टाढाको मुलबाट गाँउभरी प्रत्येक घरमा धारोका लागी पाँच ओटा निकै ठुला ठुला ट्याङ्की निर्माण गरी एक सय छपन्न घरहरुमा चौविसै घण्टा पानीको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस