X (current)

कारागार धादिङबाट बाँसका मुडा पुनः चिन निर्यात हुन सुरु

  Bikaspost   16 November, 2019


धादिङ । लामा समयदेखी  चिन निर्यात हुन छाडको बाँसका मुडा  जिल्ला कारागार धादिङबाट  पुनः केरुङ्ग हुदै निर्यात हुन थालको छ ।
मुडा निर्यात हुन थालेसंगै धादिङका कैदी बन्दिहरु खुसी भएका छन् । बजारको अभावमा थन्कीयका लाखौको मुडा विक्रि हुन थालेको तर मुल्यमा भने गिरावट आएको उनिहरुको भनाई छ ।

      जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुडा बार्षीक एक करोड मुल्य  बराबरको चिनका बजारमा निर्यात हुदै आएको थियो ।
      भुकम्प पछी सडक विग्रिएका कारण निर्यत हुन छाडेको र फेरी केही समय सुचारु भएकोमा  गत वर्षदेखी पुनः बन्द भएको थियो ।  
     अहिले स्थानीय बजारमा मुडा त्यति खपत नहुने र बैदेशीक बजारमा समेत जान छाडेको  कारण मुडा बनाउनका लागी प्रयोग हुने कच्चा सामानको किनेर  ल्याएको मुल्य समेत नउठेको गुनासो कैदी बन्दिहरुको छ  । अब कम मुल्य नै आउने भए पनी विक्र गर्न सुरु गरेको उनिहरुको भनाई छ ।  
  केरुङ्ग नाकाबाट अहिले धादिङको जिल्ला कारागरबाट मात्रै चिनतर्फ पन्द्र दिनमा एक ट्रक मुडा निर्यात हुने गरेको छ ।  
अब यसरी मुडा निर्यात हुन थाले पछी मासिक दश पन्द्र लाखको विक्रि हुने आसामा उनिहरु छन् ।

     अहिले कारागरमा नै ब्यपारीहरु मुडा किन्न आउने गरेका छन् । पहिले प्रति गोटा मुडाका साईज हेरी तिन सय पचाससम्म विक्रि हुने गरेकोमा अहिले सालाखाला दुई सय असिमा नै विक्रि  गरेका छन् ।
   स्थानीय बजारमा विक्रि नहुने भएकोले गर्दा ब्यपारीले तोकेको मुल्यमा नै  मुडा विक्रि गर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई छ ।


  प्रति मुडा तिन वर्ष अघि नै तिन सय पचासदेखी चार सयसम्म विक्रि हुने गरेकोमा अहिले मुल्यमा गिरावट आए पछी दुई सय असीमा विक्रि हुन  गरेको हो  ।
जिल्लाकारागार धादिङमा बाँसबाट डायीनिङ्ग टेवल मुडा लगाएतका सामानहरु बनउने गर्दछन् ।  

प्रतिक्रिया दिनुहोस