X (current)

कृषी क्षेत्रमा आधुनीक प्रविधिहरुको प्रयोग बड्दो

     13 November, 2018


धादिङ । कृषीमा क्षेत्रमा भित्रियको आधुनीक प्रविधिहरुको प्रयोग आजकाल धादिङको दुर्गम क्षेत्रहरुमा समेत बड्दो छ ।
 कम जनशक्ति र थोरै समयमा पनी धेरै काम गर्न सक्ने भएका कारण दुर्गम क्षेत्रहरुमा समेत कृषी क्षेत्रमा प्रविधिको प्रयोग बड्न थालेको हो ।
आजकाल दुर्गम क्षेत्रहरुमा धान काट्न र धान झार्न समेत मेशिनहरको प्रयोग गर्न थालेका छन् ।
युवाहरु रोजगारीका लागी  विदेश पलायन भएका कारण  गाँउमा काम गर्ने सक्षम जनशक्तिको अभावलाई आधुनीक औजारहरुको प्रयोगले पुर्ति गर्न ठुलो सहयोग पुग्ने गरेको भनाई किसानहरुको छ ।
डिजेल र पेट्रोलको प्रयोग हुने मेशिनहरुका कारण वाताबरणमा प्रतिकुल प्रभाव पर्ने भएको भए पनी काम गर्ने जनशक्तिको अभावका कारण आफुहरुले यसको प्रयोग गर्न बाध्य भएको उनिहरुको भनाई छ ।
मेशिनहरुको प्रयोग गरी खेती पाती गर्ने मानिसहरुको संख्या दिन प्रति दिन बड्दो छ ।
 जिल्लाका अधिकाम्स किसानहरुले गोरु पाल्न छाडेका कारण खेत जोत्ने र खन्ने कामदेखी धान झार्ने र काममा समेत आधुनीक मेसिनको प्रयोग हुन थालेको हो ।
बैदेशीक रोजगारीका लागी युवाहरु गाँउ छाड्ने क्रम बढेका कारण धादिङका धेरै खेती योग्य जमीन समेत बाँझै बसेको छ ।
धादिङको दुर्गम र पहाडी भागमा भने ठुला भन्दा पनी साना आधुनीक कृषी यान्त्रहरु लोकप्रिय बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस