X (current)

कोरोनाको संक्रमणका कारण बन्दा बन्दि खुलेसंगै माछा आयात बढ्दै

  Bikaspost   13 December, 2020


धादिङ । बजार र ब्यवसायहरु खुले पछी बढेको चहलपहसंगै तराईका जिल्लाहरुबाट धादिङमा माछाको आयात पनी गत महिना भन्दा   बढेको छ ।
कोरोना संक्रमण फैलन नदिन अवाश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाई बजारहरु पुर्णरुपमा खुले पछी चहलपहलसंगै आयात बढेको हो ।
विषेस गरी धादिङको  त्रिशुलीमा पहिलेको जस्तो गरी  माछा पाउन छाडेसंग माछाका लागी प्रशिद्ध मानिने मलेखु बजारमा तराईका जिल्लाहरुबाट  पोखरीमा पालीएका विकासे प्रजातीको माछाको आयात बढेको हो ।
सरकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागी  गरेको बन्दा बन्दि अहिले खुलेको छ । बन्दा बन्दिको बेला ठप्प भएको आयात अहिले विस्तारै खुलेको हो ।
जस्ले गर्दा सिमा नाकाहरुबाट निर्वाद रुपमा सवारीका साधनहरुले नेपाल प्रवेश पाउन थालेका कारण  मलेखुलगाएत धादिङका विभिन्न बजारहरुमा भारतबाट समेत माछाको आयात हुन थालेको छ ।
बन्दा बन्दि खुले पछी बजारहरु विस्तारै पहिलेको अवस्थामा फर्कन थालेको र उपभोक्ताहरुको माग पनी बढेको छ । माग बढेसंगै धादिङको बजारमा अन्यत्रबाट माछा आयात गर्नु पर्ने अवस्था आएको हो ।
राम्रो ब्यपार भएको समयमा धादिङको मलेखु बजारमा मात्र दैनिक तिन हजार किलो ग्राम  भन्दा धेरै माछा खपत हुने गरेको व्यापारीहरु बताउछन् ।
जिल्लामा कृतीम पोखरी निर्माण गरी माछा पाल्न ब्यवसायीक रुपमा  गरे पनी यहाँ उत्पादीत माछाले मात्र बजारको माग धान्न नसके पछी तराईका बिभिन्न जिल्ला र भारतबाट माछा आयात गर्ने गरेको हो ।
भारतलगाएत तराईका विभिन्न जिल्लाहरुबाट आयात गरिएको माछा मलेखुका  ब्यापारीहरुले प्रतिकिलो चार सयदेखी चार सय पचाससम्मका दरले किनेर विक्रि गर्ने गरेका छन् ।
यदी स्थानीय सरकाले माछा पालक किसानहरुलाई विषेस अनुदान सहयोग गरी जिल्लामा खपत हुने माछा मात्र   उत्पादन गर्न सकेको खण्डमा पनी यहाँका किसानहरुको आर्थिक अवस्था   सुधारमा अझै सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस