X (current)

कोरोना भाईरसको संक्रमणका कारण धादिङको दुई स्थानीय तहका दुई ओटा गाउँ पुर्णरुपमा सिल

  Bikaspost   19 May, 2020


धादिङ । थाक्रे गाउँपालीका स्थित जुङ्गे खोलाको एक युवकामा कोरोना भाईरसको संक्रमण भए पुष्टि भएसंगै आजदेखी सो क्षेत्र पनी सिल गरिएको छ ।
जिल्लाका विभिन्न स्थानहरुमा कोरोना भाईरसको संक्रमण बढ्दै जना थाले पछी आवागमनमा झनै कडाई गरी जुङ्गो खोला क्षेत्र पुर्णरुपमा सिल गरिएको हो ।
यससंगै धादिङमा कोरोना भईरसको संक्रमण पुष्टि भएको विरामीहरु बसोवास गर्दे आएका कारण सिल गरिएको दोस्रो बस्ति हो ।
हिजो जुङ्गो खोला निवासी ४० वर्षीय एक युवामा कोरोना भाईरस भएको पुष्टि भए पछी   जिल्ला विपद व्यबस्थापन समिती र शुरक्षा समीतीको थाक्रेमा आज विहान बसेको सर्वपक्षिय बैठकले सो क्षेत्रको आवगमन बन्द गरी सिल  गर्ने निर्णय गरेको हो ।
सिल गरिएको क्षेत्रमा मानिसहरु अत्यावाश्यक काममा बाहेक पैदल पनी हिड डुल गर्न नपाउने जिल्ला शुरक्षा समिती धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बताउनु भएको छ ।
राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग पनी सोहि क्षेत्रमा पर्ने भएकोले राजमार्ग हुदै आवतजावत गर्ने सवारीका साधनहरुको हकमा भने निर्वाद रुपमा चल्न पाउने प्रमुख तामाङ्गले जानकारी दिनु भएको छ । सिल गरिएको क्षेत्रको शसस्त्र प्रहरी र नेपाल प्रहरीले जिम्मा लिने छ ।
पारिवारिक श्रोतका अनुसार संक्रमीत युवा चैत्र १२ गते काठमाण्डौबाट धादिङ स्थित जुङ्गो खोलाको घरमा आई बसको र  गत महिनाको २८ गते राजधानी  फर्केको हो  ।
काठमाण्डौ स्थित बागबजारमा प्रिन्टिङ्ग प्रेसमा काम गर्ने उनिलाई सामान्य विरामी परे पछी  घरवेटीको आग्रहमा कोरोनाको परिक्षण गरेको हो ।
संक्रमीत युवाको  र छिमेकका घरहरुमा विषेस निगरानी बढाएको छ । संक्रमीत युवाहरुको सम्पर्कमा आएका छर छिमेकीहरुको घरलाई पनी स्थानीय प्शासनले विषेस निगरानीमा राखेको जानकारी दिईउको छ ।
यसोत घर आउदा संक्रमीत युवाले भेटघाट गरेका मानिसहरु र आफन्तको कन्ट्याक ट्रेसिङ्गको काम पनी सुरु गरिसकेको छ ।
उनिहरु सबैको परिक्षणका लागी भोली नै थ्रोट स्वाबको नमुना संकलनका लागी तयारी भई सकेको पनी स्थानीय प्रशासनले जनाकारी दिईएको छ ।  

प्रतिक्रिया दिनुहोस