X (current)

कोरोना संक्रमणको दोस्रो लहरका कारण निर्माणधीन नौविसे सिस्ने खोला –नागढुङ्ग सुरुङ्गको काम प्रभावीत समयमा सम्पन्न नहुने संकेत

  Bikaspost   30 May, 2021


धादिङ । राष्ट्रिय महत्वको आयोजन माध्य एक मानिएको नौविसे–नागढुङ्ग सुरुङ्ग मार्गको काम दोस्रो चरणमा देखा परेको कोरोन महामारीले केही प्रभावीत भएको छ । जस्का कारण सुरुङ्ग निर्माणको काममा केही ढिलाई हुने भएको छ ।
निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरुले सरकाले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै कामलाई निरन्तरता दिएको भए पनी कामदारहरु काममा ल्याउन लाग्न आईपर्ने समस्या र मजदुरहरु पनी संक्रमीत भएका कारण काम प्रभावीत भएको हो ।
निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणको कामलाई निरन्तरता दिइने सरकारको निर्णय अनुसार निर्माणको काम सञ्चालन गरिरहेको छ । कामदारहरुलाई ल्याउन लग्नका लागी आई पर्ने समस्याका कारण पनी काममा बाधा परेको हो ।
निर्माणमा संलग्न स्वच्छन्द निर्माण सेवा र मेघाटेक कम्पनी प्रमुख नारायण प्रसाद दवाडीले यदी सहजै तवरबाट कामदार ल्याउन लग्ने ब्यवस्था सरकाले मिलाई दिने हो भने तोकेकै समयमा निर्माणको काम सम्पन्न गर्ने दावी गर्नु भएको छ ।
कोरोना भाईरसको दोस्रो चरणको रुप निकै संक्रामक भएको सोको नियन्त्रण र रोथामका लागी जारी निषेधाज्ञाले कामदार ल्याउन लग्न असहज अवस्था आएको निर्माण कम्पनीले जनाएको छ ।
सरकाले यस्ता ठुला आयोजनामा काम गर्ने कामदारहरुलाई भने काममा ल्याउन लग्न निर्वाद दिनु पर्ने अन्यथा पासको ब्यवस्था गर्नु पर्ने माग समेत निर्माण कम्पनीले गरेको छ ।
विषेस गरी अहिले सुरुङ्गमार्ग निर्माणको काममा सुरुङ्ग भित्र पचास जना र बाहिर एक सय असी जना गरी दुई सय तिस जना कामदारहरुले मात्र काम गरिरहनु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्नका लागी दैनिक चार सय जना कामदारहरु आवाश्यक पर्दछ ।
हाल आयोजना निर्माणको कुल प्रगती करिव २२ प्रतिशत सम्पन्न भई सकेको छ ।
४२ महिनामा काम सम्पन्न गर्ने गरी नेपाल सरकाले सुरुङ्ग निर्माणको मुख्य जिम्मा भने हाजमा आङ्दो कर्पोरेशनलाई दिईएको हो । धादिङ र काठमाण्डौतर्फ गरी पाँच सय मिटर सुरुङ्ग खनी सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस