X (current)

खाने पानीको अभावका कारण पर्यटकीय क्षेत्र तोप्लाङ गाँउ दिन प्रतिदिन सुनसान बन्दै

  Bikaspost   10 February, 2020


धादिङ । धुनीवेसी नगरपालीकामा पर्ने पर्यटकीय क्षेत्र तोप्लाङ गाँउ दिन प्रतिदिन सुनसान बन्दै जान थालेको छ ।
खाने पानीको अभावका कारण गाँउलेहरु केही अन्यत्र बसाई सरेको र युवाहरु गाँउ बस्न छाडे पछी गाँउनै रित्तिदै गएको हो ।


अहिले गाउँमा पिउने पानीको  चरम अभाव छ । खानेपानी नभएका कारण आकासे पानी जम्मा गर्दै प्रयोग गर्नु पर्ने बाध्यतामा त्यहाँका स्थानीयहरु परेका छन् ।
नगरपालीकाले खानेपानी ल्याउने जमर्को गरिरहेको भए पनी कहिलेसम्म सकिने अत्तो पत्तो छैन ।
सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी होम स्टे संञ्चालनमा समेत पानीको अभावका कारण नसकेको स्थानीयहरुको भनाई छ ।
९६ घर धुरी तामाङ्ग समुदायको मात्र बसोवास रहेको दक्षिण धादिङ यो नमुना बस्ति पनी हो । भुकम्प पछी भने पानी कै कारण यस्तो समस्या आएको हो ।
दैनि दुई तिन घण्टाको बाटो हिडेर मुस्किलले एक गाग्री पानी ल्याउनु पर्ने तोप्लाङका स्थानीयहरु बताउनु हुन्छ ।


पानी अभावका कारण ठुला पशु चौपायहरु गाई भैसी र गोरु समेत तोप्लाङमा पाल्न छाडेका छन् ।
पानीको अभावका कारण बालवालीकाहरको ब्यक्तिगत स्वास्थ्य र सरसफईमा पनी कमी हुने गरेको  छ । यसोत शौचालयको प्रयोगमा समेत समस्या भएको छ ।   

प्रतिक्रिया दिनुहोस