X (current)

खोला उत्खनन् गरेको पाईएमा उपकरण नै जफत गर्ने स्थानीय प्रशासनको चेतावनी

  Bikaspost   7 January, 2020


धादिङ । मलेखु खोलाको अबैध उत्खनन् रोक्न स्थानीयहरुले सम्वन्धित् सरोकारवाला निकायसंग माग गरेका छन् ।
खोला छेउ छाउमा स्थापना गरिएको क्रसरहरुले नदी र खोला जन्य बस्तुहरुको उत्खनन् जथाभावी गर्दा खोलाको धार परिवर्तन हुनुका साथै सडकलाई समेत निकै असर पु¥र्याएको छ ।
दक्षिणी धादिङको महदेवस्थानसम्म र मुलुककै सबै भन्दा ठुलो निर्माणधीन ह्वासिन सिमेन्ट कारखनासम्म पुग्ने सडक भत्कन थालेको छ । यसरी जथाभावी कानुन विपरित गरिएको अबैध उत्खनन्ले भविष्यमा निकै ठुलो विपद ल्याउन सक्ने भन्दै यस्तो कार्यलाई  तत्काल रोक्र्नु पर्ने माग स्थानीयहरुले गरेका हुन् ।
धादिङमा जथाभावी प्रकृतकि श्रोत साधनहरुको अबैध उत्खनन् भई रहेकोले गर्दा  वाताबरणमा प्रतिकुल प्रभाव पर्ने वाताबरण संरक्षण कमर्मीहरुको भनाई छ ।
जिल्लामा रहेका क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गर्दै आएका कारण मलेखु खोलामा जलचर नासियको  छ ।
खोलाको सतह सामन्य भन्दा दशदेखी पन्द्र मिटरसम्म तल खोतलीयको छ ।
प्रकृतीक श्रोत साधन र नदिजन्य उत्खनन् रोक्न जिल्ला समन्वय समिती धादिङले सुरु गरेको बताउदै खोला उत्खनन् गरेको पाईएमा उत्खनन्मा संलग्न हुनेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिईएको छ ।


यसै गरी जिल्ला प्रशासन कार्यालय, धादिङ प्रहरी र जिल्ला समन्वय समितीका पदाधिकारी सहितको संयुक्त टोलीले अबैध खानी र खोला ,नदी दोहन रोक्नका लागी अनुगमन सुरु गरेको छ ।
अनुगमनका क्रममा पाईएका अबैध गतिविधि अब तत्कालबाट बन्द हुने र अटर गरेको पाईएमा कानुन अनुसार कडा कारवाहीगर्नुका साथै उत्खनन्मा प्रयोग भएका सम्पुर्ण उपकरण जफत गरने स्थानीय प्रशासनले चेतावनी दिईएको छ ।   

प्रतिक्रिया दिनुहोस