गजुरी गाउँपालीकाले नब्बे लाख खर्चेको सडक मानिस पैदल पनी हिड्नै समस्या

Bikaspost 5 January, 2021
धादिङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गजुरी गाँउपालीका स्थित विकट बस्ति ठुलो बाङ्गेका स्थानीयहरु सडकका कारण निकै समस्यामा परेका छन् ।
धादिङ र मकवानपुरको सिमानामा रहेको विकट बस्तिका स्थानीयहरु सडक गाँउसम्म पुग्ने भए पछी निकैखुसी थिए ।
तर त्यो खुसीलामो समयसम्म टिक्न नसकेको दुखेसो स्थानीयहरु बताउनु हुन्छ ।
सडकमा नत सवारीका साधनहरु गुड्न सक्छ न त सजिलैसंग मानिसहरु पैदल नै आउजाउ गर्न सकिने अवस्था छ ।
सडक खनीएको छ महिना पनी पुग्दा नपुग्दै सडक सबै बगाए पछी यस्तो अवस्था आएको हो ।
गत वर्ष करिव नब्बे लाखको लागतमा निर्माण गरिएको करिव ६ सय मिटर सडक वर्षाका कारण पुर्ण क्षती भएको छ ।
सडकमा परेका ठुला ठुलाखडल र पहिरोका कारण मानिसहरु समेत सजिलै हिड्डुल गर्न सक्ने अवस्था छैन ।
सरोकारवालहरु अहिलेसम्म सडकको अवस्थाका बारेमा बुझ्न आएका छैनन् ।
ठुलो बाङ्गेका स्थानीयहरु अहिले मकवानपुरको बोटो हुदै आवाश्यक उपभोग्य बस्तुहरु ल्याउने लाने गर्दछन् ।
सडक विग्रियका कारण गजुरीबाट ल्याउने गरेको उपभोग्य बस्तुहरु आधाबाटो बाटै बोकाउनु पर्ने भएकोले ढुवानी समेत महङ्गो पर्न जाने भन्दै मकवानपुरबाटै ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउनु हुन्छ ।
सडक सहज नहुदा सो क्षेत्रमा उत्पादीत् कृषी उपजहरु पनी बजारसम्म विक्रीका लागी ल्याउन निकै समस्या भएको छ ।
त्यसो त मानिसहरु समेत हिडडुल गर्न समस्या हुने गरेकाले गर्दा तत्काल सडक मर्मत गरिदिन हुन सरोकारवाल निकायसंग ठुलो बाङ्गेका स्थानीयहरुको माग रहेको छ ।