X (current)

गजुरी गाउँपालीका स्थित पेटार भन्ने ठाँउबाट प्रहरीले ६ सय ४३ किलो ग्राम लागु औषध चरेस र गाँजा सहित एक जनालाई पक्राउ

     29 March, 2019


धादिङ । लागुऔषध नियन्त्रण ब्यूरोको विषेस टोलीले दक्षिणी धादिङको गजुरी गाउँपालीका स्थित पेटार भन्ने ठाँउबाट गए राती ६ सय ४३ किलो ग्राम लागु औषध चरेस र गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा लागु औषध नियन्त्रण ब्यूरोबाट खटी आएको विषेस टोलीले सो परिमाणको लागु औषध पक्राउ गर्न सफल भएको हो ।

टोलीले गजुरी गाउँपालीकाको पेटार स्थित गाँउबाट तिर्थ भन्ने सुकमान तामाङ्गको घरमा बिक्रीका लागी तयारी अवस्थामा राखिएको एक सय दश किलोग्राम तयारी चरेस ,पाँच सय ३४किलोग्राम गाँजा र चरेस बनाउनका लागी तयारी गर्दै गरेको गाँजाको धुलो बरामद गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सुकमान तामाङ्गको घर नजीकै चरेश बनाउनेकारखना नै संञ्चालन गरी लागु औषध कारोवारो हुने गरेको विषेस सुचनाको आधारमा निजकै घरमा स्टोर गरेर राखेको अवस्थामा सो लागु औषध पक्राउ गरेको हो ।

प्रहरीले निजकै श्रमती ४५ वर्षीय सुकमाया तामाङ्गलाई पनी पक्राउ गरेको छ । पक्राउ परेका तामाङ्गलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याईएको छ ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले लागु औषध ओसार पसार बन्द गर्ने उदेश्यका साथ मुख्य ठाँउमा नै यसको कारोवारो बन्द गर्न अप्रशन चलाईएको जनाईएको छ ।

यसरी पहिलो पटक अप्रेशन गरी पक्राउ गरेको सबै भन्दा ठुलो परिमाणको लागु औषध रहेको दावी पनी ब्यूरोको टोलीले गरेको छ ।

धादिङ जिल्लामा पक्राउ गरेको अहिलेसम्मकै ठुलो परिमाणको लागु औषध रहेको पनी जिल्ला प्रहरी कार्यालय धादिङले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस