X (current)

गल्छी स्याप्रवेशी सडक खण्डमा धादिङको गल्छीबाट कालो पत्रे गर्ने काम सुरु

  Bikaspost   11 June, 2020


     धादिङ । राष्ट्रिय महत्वका सडक मध्य एक मानिएने गल्छी स्याप्रवेशी सडक खण्डमा  धादिङको गल्छीबाट  कालो पत्रे गर्ने काम सुरु गरेको छ ।

                लक डाउनको समयमा सडकमा सिमित सवारी चल्ने मौका मिलायर धादिङको गल्छीदेखी  धमाधम कालो पत्रे भई रहेको छ ।

                सवारी कम चल्ने भएका कारण लक डाउनमा पनी निर्माण कम्पनीले सरकाले तोकेको मापदण्ड अनुसारको कामदारहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै   कालो पत्रेगरी  रहेको हो ।

                यस आर्थिक वर्षमा विस किलो मिटरसम्म सडक कालो पत्रे गर्ने  लक्ष्य रहेको निर्माण कम्पनीले जनाईएको छ ।

                 धादिङको गल्छीदेखी रसुवाको सल्लेरीसम्म ४६ किलोमिटर सडक मध्य विस किलोमिटरमा  कालो पत्रे गर्नका लागी  डिविएम निर्माण  भई सकेको छ ।

                बाँकी भागमा काम गर्ने तयारी भई रहेको पनी निर्माण कम्पनीले जनाईएको छ ।

                सो सडक नाल सहित १२ मिटरको रहेको र नौ मिटर काले पत्रे गरिएको छ । 

                 उक्त  सडक खण्डको गल्छीदेखी रसुवाको सल्लेरीसम्म ४६ लोमीटर सडक स्थर उन्नती सहित अन्तराष्ट्रिय मापदण्डको हुने गरी आगामी पुस सम्ममा सम्पन्न गरिने लक्ष्य रहेको गल्छी स्याफरुवेसी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले जानकारी दिनु भएको छ ।

                 चिन र भारतलाई जोड्ने सबै भन्दा छोटो स्थाल मार्गको रुमा मानियको राष्ट्रिय गौरवको सो आयोजना तिन अर्ब त्रिसठी करोडको लागतमा स्थर उन्नती सहित निर्माण सुरु गरिएको हो ।

                 चिनीया कम्प्नी कोभेक सहित टुण्डी र रसुवा निर्माण सेवाको ज्वाईन भेन्चरमा सडक निर्माण सुरु गरिएको हो ।         यसो त सडक खण्डको ठाँउ ठाँउमा फराकिलो पर्नु पर्ने स्थानमा पहाड काट्ने काम पनी निरन्तर भई रहेको छ । सडक निर्माणको काम करिव अन्तिम चरणमा पुगेको पनी आयोजनाले जनाईएको छ । पुलहरु निर्माणको कामले पनी निकै गति लिएको छ ।

प्रतिक्रिया दिनुहोस