X (current)

गल्छी स्याप्रवेशी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सिमानामा पर्ने कल्चौडेमा सडक फराकीलो बनाउने काम निरन्तर

  Bikaspost   25 April, 2020


धादिङ । लक डाउनमा पनी विकास निर्माणका कामहरुले निकै प्रथामीकताका साथ निरन्तरता पाएको छ ।

                यसै क्रममा निकै लामो सयदेखी रोकियको गल्छी स्याप्रवेशी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सिमानामा पर्ने कल्चौडेमा पनी सडक फराकीलो बनाउने कामले निरन्तरता पाएको छ ।

                राष्ट्रिय महत्वका सडक मध्य एक मानिएने गल्छी स्याप्रवेशी सडक खण्ड अन्तरगत बेलकोट गडी र धादिङको गल्छी गाउँपालीकाको सिमानामा पर्ने कल्चौडेमा अहिले सडक फराकीलो बनाउनका लागी  तिव्र गतिमा पहड काट्ने काम भई रहेको छ ।

                 सडक नाल सहित १२ मिटरको बनाईने छ ।  लक डाउनको समयमा सडकमा सिमित सवारी चल्नेर काममा कुनै किसिमको बाधा अवरोध नआउने भए पछी अहिले धामाधाम काम भई रहेको हो ।

                 सडक फराकीलो बनाउनका लागी एकै स्थानमा छ ओटा स्काभेटर प्रयोग गरिएको छ ।

                 सडक चौडा गर्दा पहाड काट्दै फलिएको ढुङ्गा र माटोले सवारी आवत जावतमा कठिनाई उत्पन्न हुन सक्ने भन्दै त्रिशुली नदीमा डाईभरन निर्माणको काम पनी तिब्र गतिमा भई रहेको छ । डाईभर्सन निर्माणको काम अब केही दिनमा सम्पन्न हुने पनी गल्छी स्याप्रुवेसी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले जानकारी दिनु भएको छ ।

                सडकमा काम गर्ने मजदुरहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सामाजीक दुरी कायम गरी काम सुरु गरेको छ ।

                 यसोत कुनै पनी काममा आउने मजदुरहरुको दैनिक स्वास्थ्य जाँच समेत गर्ने गरेको ठेकेदार कम्पनीले जनाईएको छ ।

                सो सडक खण्डको गल्छीदेखी ४६ किलोमीटरसम्म आगामी पुस सम्ममा सम्पन्न हुने गरी चिनीया कम्प्नी कोभेक सहित टुण्डी र रसुवा निर्माण सेवाको ज्वाईन भेन्चरमा काम भई रहेको हो ।

                 चिन र भारतलाई जोड्ने सबै भन्दा छोटो स्थाल मार्गको रुमा मानियको राष्ट्रिय गौरवको सो आयोजना तिन अर्ब त्रिसठी करोडको लागतमा स्थर उन्नती सहित निर्माण सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस