X (current)

गांगा जमुना गाउँपालीमा पर्ने महभिर र रातोमाटे जोड्ने बगुवा खोलामा भएको झोलुङ्गो पुल जिर्ण

  Bikaspost   15 December, 2019


धादिङ । गांगा जमुना गाउँपालीमा पर्ने महभिर र रातोमाटे जोड्ने बगुवा खोलामा भएको झोलुङ्गो पुल जिर्ण भए पछी स्थानीयहरुलाई आवत जावतमा निकै समस्या परेको गुनासो गरेका छन् ।
खास गरी वर्षातको समयमा त झनै कष्टपुर्ण तरिकाले वारपार गर्नु पर्ने बाध्यात रहेको बताएका छन् । जिर्ण पुल तत्काल मर्मतका लागी स्थानीयहरुले सरकारसंग माग समेत गरेका छन् ।
गांगा जमुना गाउँपालीकामा पर्ने देविस्थानमा रहेको सो झोलुङ्गे पुलको न त बारमा जाली छ न त हिड्ने ठाँउमा पुलको काठ नै गतिलो छ ।
काठ सबै भाँची सकेका छन् । पुलबाट आवत जावत गर्नका लागी राखीएको फल्याक भाँचीयका कारण सालका भाटा राखेर मानिसहरु जोखिम पुर्ण तरीकाले बगुवा खोला तर्ने गरेकाछन् ।
सल्यानकोट,महभिर, काष्टे,कल्लेरी लगाएतका गाउँबाट मानिसहरु रि र गांगाजमुना गाउँपालीकामा विषेस कामले पैदल जाँदा साहीे खोलामा रहेको जिर्ण झोलुङ्गे पुल तर्नु पदर्छ ।
तर जिर्ण पुलबाट खस्ने डरले कतिपय स्थानीयहरु हिउँदको समयमा खोलाबाटै आवत जावत गर्ने गरेका छन् ,भने वर्षातको समयमा जोखिम मोलेरै भए पनी वारपार गर्न जिर्ण पुलको प्रयोग गर्ने गर्दछन् ।
धादिङका ग्रामिण क्षेत्रहरुमा रहेका खोला र खोल्सा पार गर्नका लागी राखियका यस्ता निकै पुलहरुको अवस्था निकै जिर्ण छन् ।

https://studio.youtube.com/video/VO8OEx_MikM/edit


मर्मत सम्भारमा सरोकारवाला निकायले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो ।
सरकराले तुईन विस्थापित गरी झोलुङ्गे पुल राख्ने घोषण गरे जस्तै जिर्ण भएका पुलहरु पनी समयमा नै मर्मत गरी चुस्त बनाउनु पर्ने आवाश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस