X (current)

ग्रामिण सडक निर्माणका क्रममा भ–ुक्षय नियन्त्रणका लागी रोपिएको अम्रीसो आम्दानीको राम्रो श्रोत बन्दै

  Bikaspost   30 December, 2020



धादिङ । ग्रामिण सडक निर्माणका क्रममा भ–ुक्षय नियन्त्रणका लागी रोपिएको अम्रीसो दक्षिणी धादिङका विपन्न बर्गका मानिसहरुलाई आम्दानीको राम्रो श्रोत बन्दै गएको छ ।
सडक छेउ छाउमा रोपिएको अम्रीसो फुल्न थाले पछी त्यसको कुच्चो विक्रिबाट उनिहरुले आम्दानीको श्रोत बनाएको हो ।
वर्षाका कारण नयाँ सडकहरु पहिरीने र माटो बगाउने समस्या आउन थाले पछी दक्षिणी धादिङ स्थित दोभान खर्कका स्थानीयहरुले आफैले अम्रीसो रोपेको थिए ।
अहिले त त्यसले आम्दानी समेत दिन थालेको भन्दै अम्रीसोको ब्यवसायीकरण गर्न पनी सुरु गरेको छ ।
अम्रीरो  कुच्चोको रुपमा प्रयोग निकै हुने र माग पनी बढ्न थाले पछी खेर जाने गरेको अम्रीरोको फुल प्रयोगमा ल्याउन थालेको हो । त्यसो त पशु पालनमा पनी यसले निकै सहयोग पुगेको भनाई स्थानीयहरुको छ ।
घाँस निकै पोषिलो हुने भएकोले खास गरी बाख्रा पालक किसानहरुलाई अम्रीसोबाट दोहोरो फाईदा पुगेको छ ।
ग्रामिण सडकको डिलमा र खेर गएको भिरालो जमीनमा अम्रीसो रोपेको छ ।
दुई वर्ष  अघिदेखी त आम्दानी पनी दिन थालेको भन्दै सो क्षेत्रमा बसोवास गर्नेहरु नगदे बाली जस्तै भएको बताउनु हुन्छ । आम्रीसोको कुच्चो बनाई प्रति गोटा कुच्चो पचाचस रुपैयाममा घरबाटै विक्रि हुने बताउनु हुन्छ ।
प्रति वर्ष खेर गएको जमीन र सडक छेउ छाउमा भु–क्ष्य नियन्त्रणका लागी लगाएको अम्रीसोबाट पचास हजारदेखी एक लाखसम्म आम्दानी गर्ने गरेको स्थानीयहरु बताउनु हुन्छ ।
पछिल्लो समय ग्रामीण सडक गजुरी गाउँपालीकाको विकट स्थानसम्म खन्नेक्रम बढे पछी केही केही किसानहरुले अम्रीसोलाई ब्यवसायीक रुपमा पनी लगाउन सुरु गरेका छन् ।
रोपे पछी आम्दानी लिन त्यती धेरै मिहिनेत गर्नु नपर्ने आम्दानी राम्रो हुने र बहु पक्षीय पाईदा हुने भन्दै अम्रीसो लगाउन थालेको हो ।
गजुरी गाउँपालीकाको विकट मानिने दोभाव खर्क,बाङ्गे पाखुरेक स्थानीयहरुले अहिले अम्रीसोलाई आम्दानीको श्रोत बनाई ब्यवसायीक रुपमा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस