X (current)

चरेश बनाउने पाउडर सहित दुई जना पक्राउ

     15 February, 2019


धादिङ। प्रतिबन्धीत लागु औषध चरास बनाउन प्रयोग गरिने ९ किलोग्राम पाउडर सहित बिहिबार प्रहरीले दुई जनालाई मोटरसाइकल सहित पक्राउ गरि हिरासतमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरी गाउँपालिका वडा न– ५ देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शंका लागि जाँच गर्दा उनिहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले बताउनुभयो ।
प्रहरीले बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका वडा न १ सुन्दरनांगीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

उनिहरुले चरेस बनाउने धुलो पाउडर लगेर लागु औषध बनाउन लागिएको भन्ने सूचना पाएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरिएकादुबै जनालाई लागुऔषध नियन्त्रण सम्बन्धी ऐन अनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस