X (current)

चर्को करको मारमा साना सवारी साधन

  Bikaspost   14 July, 2019


धादिङ । पृथ्वी राजमार्गमा गुडने साना सवारी साधनहरुले सडक वोर्डले मनपरि सवारी कर असुलेको आरोप लगाएका छन् । 
सरकराले सवारीका साधनहरुलाई सडक कर बढाय पछी कर महङ्गो भएको सवारी चालकहरुले गुनासो गरेको हो ।
सवारीका साधनहरुवाट सडक उपयोग गरेवापतको सडक कर असुल्न तिन थरिका मुल्य निर्धारण गरेको छ ।  
सडकमा गुडने वस, मिनीवस, ट्रक , मिनीट्रक र हेभी इक्वीमेन्ट हरुलाई ३५ वाट अहिले १ सय २० , हलुका सवारी साधनहरु कार, जीप, पिकअप, भ्यान र ट्रयाक्टर हरुलाई २० वाट ५० र तिन पाग्रें र मोटरसाईकल हरुलाई ५ वाट १० रुपैया कर तिर्नु पर्ने  तोकेको छ ।
सडकावोर्डले गत असार १६ गते सूचना प्रकासित गरि १७ गते वाटनै अपरान्ह १२ वजे लागु हुने गरि कर वृद्धि गरेको थियो ।
अहिले उठाईएको सडक कर पहिलेको भन्दा दोब्बरदेखी चार गुणासम्म बडी रहेको छ ।
राजधानी वाट वाहिरिने र भित्रिने सवारी साधनहरु संग सडक कर असूल्न नौविसे र मझिमटारमा गत १७ गतेवाट नवलपरासी स्थित अमृत हिराचन सहितको व्रिटानीक मौलाकालिका कन्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको छ । 
कर असूलन अधिकार प्राप्त ठेकेदारले साना र हलुका सवारी साधनहरु माईक्रो लगायत संग पनि भारी सवारी साधनहरुकै रकम असुलेको चालकहरुले बताएका छन् । 
सवारी साधनमा चर्को कर असुली वारे उजुरी समेत राजमार्गका प्रहरी चौकीहरुमा पर्न थालेको जोगिमारा प्रहरी चौकीले जनाईएको छ । पृथ्वीराजमार्गमा गुडने माईक्रो लगायतका अधिकांस हलुका सार्वजनिक यातायातका साधनहरु भैरहवा, वुटवल, नारायणगढ, पोखरालगाएतका स्थानहरुबाट दैनिक १ हजारको संख्यामा आवतजावत गर्ने गर्दछ ।  

प्रतिक्रिया दिनुहोस