X (current)

चितवन आइपुग्यो सलह धादिङमा पनी फाटफुट रुपमा देखा प¥र्यो

  Bikaspost   28 June, 2020


चितवन ।  पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकले गराएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा कहीँ देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ । यसै गरी धादिङमा पनी सलह जस्तै देखिने एक प्रकारको फट्याङ्ग्रा फटछ फुट देखा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस