X (current)

जग्गाको मुआब्जा निर्धारण गरे लगत्तै स्थानीयहरुले असन्तुष्टि जनाई आन्दोलन

  Bikaspost   4 December, 2019


धादिङ  । सरकराले बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रको  गोर्खा र धादिङ जिल्लामा पर्ने आरुघाटलगाएत खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरे लगत्तै स्थानीयहरुले असन्तुष्टि जनाई आन्दोलन सुरु गरेका छन् ।  
राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोर्खा र धादिङका पुराना बजारहरुको सरकराले तोकेको मुआब्जाको रकम अत्यान्त न्युन भएको भन्दै स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन् ।
१ हजार २ सय मेगावाट क्षमतमा निर्माण गर्ने योजनाका साथ थालिएको योजनाको डुबान क्षेत्रमा पर्ने बजार क्षेत्रको मुआब्जा स्थानीयहरु प्रति आन विसदेखी पच्चिस लाख माग्दै आएकोमा सरकराले पचास हजारदेखी सातलाखसम्म तोकेको हो ।
सरकराले आरुघाटको मुख्य बजार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम प्रति रोपनी  १ करोड १२ लाख निर्धारण गरिएको छ ।
तर आरुघाट बजार क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जमिन एक आनादेखी तिन आनासम्म मात्र भएको भन्दै मुआब्जा बापतको रकमले आफ्नो बौंङ्क रिण पनी तिर्न नसक्ने भएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।


आन्दोलनरत स्थानीयहरुले धादिङको त्रिपुरा सुन्दरी गाउँपालीकाको कार्यालयमा टायर बाली अनिश्चितकालीन ताला बन्दि समेत गरेका छन् । मुआब्जाको रकममा पुन नसच्चिय थप आन्दोलन गर्ने चेतावनी स्थानीयहरुले दिएका छन् ।
आन्दोलनकारी स्थानीयहरुले गोर्खा र धादिङ तर्फका दुबै आरुघाट विशलबजार खहरेलगाएत धादिङवेसी सल्यानटार आरुघाट सडक खण्ड समेत ठप्प परेका छन् ।

प्रतिक्रिया दिनुहोस