X (current)

जथाभावी खनीएका ग्रामिण सडकका कारण पृथ्वी राजमार्ग राजमार्ग र निकै जोखिम बन्दै

  Bikaspost   21 June, 2020


धादिङ । वर्षा सुरु भएसंगै पृथ्वी राजमार्गका विभिन्न स्थानहरुमा पहिरो खस्न सुरु गरेको छ ।
जथाभावी संञ्चालन गरेको बालुवा खानी र ग्रामिण सडकहरुबाट   बगेर आएको लोदो माटोले  सडक  अवरुद्ध हुने गरेको छ ।
हरेक वर्ष वर्षा याम सुरु भएलगत्तै पृथ्वी राजमार्ग भयर यात्रा गर्ने यात्रु र सवारी चालकहरुले यो समस्या भोग्नु परे जस्तै यस वर्ष पनी समस्या सुरु भई सकेको छ ।
यसो त यस वर्ष जथाभावी खनीएका ग्रामिण सडकका कारण पृथ्वी राजमार्ग  निकै जोखिम बन्दै गएको छ ।
सामान्य पानी पर्दा पनी ग्रामिण सडकबाट बगायर ल्याएको लोदो माटोका कारण सडक मात्र नभई राजमार्ग आसपासका बस्तिहरुमा बसोवास गर्ने मानिसहरु समेत समस्यामा पर्ने गरेका छन् ।
सडक आसपासमा बसोवास गर्नेहरु  पानी परेको समयमा हिलो र धाम लागेको समयमा धुलोको समस्याले हैरान हुन थाली सकेका छन् ।
यस वर्ष वर्षातको समयमा राजमार्गमा पहिरो खस्नबाट रोक्नका लागी ठाँउ ठाँउमा पहिरो नियन्त्रणका उपायहरु अवलम्वन पनी गरिरहेको छ ।
लक डाउनमा पनी वर्ष अगावै पहिरो नियन्त्रण गर्न सकिने भन्दै भौतीक दुरी कायम राखी कामदारहरुको स्वास्थ्य अवस्थाका बारेमा ख्याल राख्दै काम सुरु गरेको हो ।
लक डाउनका कारण राजमार्गमा सवारीका साधनहरु कम चल्ने भएकोले गर्दा पहिरो नियन्त्रणको काम सुरु गरेको हो । तर हरेक दिन पर्ने गरेको वर्षातका कारण  समयमा काम सम्पन्न हुन नसक्ने सडक विभागको भनाई छ ।  
यसो त राजमार्गहरुको घुम्ती फराकीलो बनाउने र कालो पत्रे गर्ने काम पनी भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस