X (current)

जिल्ला अस्पताल धादिङमा डेंगु परिक्षणका लागी किट नभए पछी विरामीहरु समस्यामा

  Bikaspost   24 September, 2019


धादिङ । जिल्ला अस्पताल धादिङमा डेंगु परिक्षणका लागी आवाश्यक पर्ने किट एक हप्तादेखी सकिय पछी विरामीहरु समस्यामा परेका छन् ।
संख्खास्पद विरामीको डेंगु परिक्षण गर्नका लागी अस्पतालमा  किट नभए पछी निजि अस्पताल र क्लिनीकमा महङ्गे रकम तिरेर डेंगुको परिक्षण गराउनु पर्ने बाध्यतामा विरामीहरु परेका  छन् ।
जिल्ला अस्पताल धादिङमा निःशुल्क दिदै आएको डेंगुको परिक्षण गराउनका लागी निजि स्वास्थ्य संस्थाहरुमा पाँच सयदेखी सात सयसम्म लिने गरेको विरामीका आफन्तले बताएका छन् ।  
जिल्ला असपताल धादिङमा एक हप्तादेखी नै डेंगु परिक्षणका लागी आवाश्यक पर्ने किट सकिएको प्रयोगशालाका प्रविधिकहरुको भनाई छ । जिल्लामा यि दुबै रोगको संक्रमाण महामारीकै रुपमा देखा पर्दा समेत यसको नियन्त्रणका लागी सरोकारवाल निकायहरु अहिलेसम्म सक्रिय नभएको भन्दै स्थानीयहरुले जिल्ला स्वास्थ्य कार्यालयधादिङलाई यसको नियन्त्रणका लागी काम गर्नु पर्ने माग समेत गरेका छन् ।
जिल्लामा महामारीकै रुपमा फैलीएको डेंगु र स्क्रव टाईफस नियन्त्रणमा आउन नसक्दा धादिङका स्थानीयहरु त्रसीत समेत भएका छन् । अस्पतालका अनुसार दैनिक जसो विरामीहरुको संख्या बड्दै गएको र किटको अभावका कारण रोगको यकीन गर्नकै लागी भए पनी धेरै जसो विरामीहरु काठमाण्डौ उपचारका लागी जाने गरेको जानकारी दिईएको छ । जिल्लाका अधिकाम्स शहरी क्षेत्रहरुमा यसाको प्रभाव बडेको हो । गजुरी,आदमघाट बैरेनी धार्कै र नौविसेलागएत बेनीघाट गाउँपालीकामा डेंगुको संक्रमण अत्याधिक देखिएको हो ।
जिल्ला भर एक सय भन्दा धेरैको संख्यामा डेंगुका विरामीहरु भेटीएका छन् । यसै गरी स्क्रव टाईफसका विरामी भने जिल्ला अस्पतालमा सत्तरी जना धादिङका सत्तरी जना फेला परेका छन् ।

Attachments area

प्रतिक्रिया दिनुहोस