X (current)

जीवन धान्न ज्यानको बाजी राखेर त्रिशुलीमा हेलिन्छन मजदुरहरु

  Bikaspost   4 June, 2021


धादिङ । लक डाउनको मारमा पर्नु भएका त्रिशुली नदी किनारामा बसी बालुवा चाल्ने मजदुरहरु आजकाल दैनिकि चलाउनकै लागी भए पनी माछा मार्ने पेशामा लाग्नु भएको छ ।
लक डाउनका कारण विहान बेलुकी हात मुख जोर्न समेत धौ धौ हुन थाले पछी अब के गर्ने भन्दै मजदुरहरु यस्तो काममा लाग्नु भएको हो ।
दिनभरी माछा मार्दा एक आधा किलो जम्मा हुन्छ । विक्रि भए सात आठ सय रुपैया आउछ त्यही पैसाले लक डाउनको समयमा विहान बेलुकीको गर्जो टार्नका लागी सहयोग पुग्ने गरेको उहाँहरु बताउनु हुन्छ ।
त्रिशुली नदी किनारामा बसी दिनभरी बालुवा उठाई त्यसको विक्रिबाट घर खर्च चलाउदै आउनु भएका धादिङका बालुवा मजदुरहरु अहिले बालुवा विक्रि नहुदा र मजदुरी गर्न नपाउदा समस्यामा पर्नु भएको गुनासो गर्नु हुन्छ ।
विहान बेलुकीको गर्जो टार्न र कोठा भाडा बुझाउन समेत लक डाउनका कारण समस्या परेको मजुदुहरु बताउनु हुन्छ ।
सरकाले कोरोना महामारीको नियन्त्रण र रोकथामका लागी आव्हान गरेको निषेधाज्ञाको समय करिव एक महिना भई सकेको छ ।
यसो त जिल्लामा रहेका अधिकाम्स मजदुरी गर्नेहरुको अवस्था दयनिय बनेको छ ।
विहान बेलुकीको छाक टार्न समेत मजदुरी गर्न नपाउदा निकै समस्या परेको बताउदै सरकाले आफुहरुलाई विषेस राहात प्याकेजको ब्यवस्था गर्नु पर्ने माग मजदुहरुको छ ।
धादिङका नदी र खोलामा बालुवा चाल्ने सयौ मजदुरहरु अहिले यस्तै समस्यामा पर्नु भएको छ ।
गत वर्षको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागी गरिएको लक डाउनमा त विभिन्न संघ संस्थाहरुले राहात समेत दिईएकोमा यस पटक कुनै पनी संघ संस्थाहरुले यस्तो बर्गका मानिसहरुलाई कुनै पनी किसिमको राहात नदिएको बताउनु हुन्छ ।
सरकाले समेत विपन्न वर्गका मानिसहरुलाई बेवास्था गरेको आरोप उहाँहरुको छ ।
जस्ले गर्दा बालुवा मजदुरहरु भने आजकाल दिनभरी त्रिशुली नदीमा जोखिम मोलेर नै माछा मार्ने र बजारमा विक्रि गर्ने विक्रि नभए त्यहीले विहान बेलुकीको गर्जो टार्ने गरेको बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस