X (current)

ज्याल मजदुरी गर्न नपाए पछी नदीमा जोखिम मोलेर दाउरा निकाल्नेको भिड

  Bikaspost   25 June, 2020


धादिङ । वार्षसंगै नदी र खोलाहरुमा बाडि आए पछी  त्रिशुली नदी किनारामा बसी दाउरा निकाल्ने मानिसहरुको भिड लाग्न थालेको छ ।
यस वर्ष असारको दोस्रो हप्ताबाटै त्रिशुली नदीमा बाडि आए पछी दाउरा विक्रि गरेर  जिविको धान्दै आएका समुदायका मानिसहरु खुसी भएका छन् ।
नदी र खोलाले बगायर ल्याएको दाउरा संकलन गरेर वर्ष भरीको घर खर्च धान्ने सयौ मानिसहरु अहिले नदी र खोला किनारामा दाउरा तन्न बसेको भेटिन्छ ।  
वर्षातको समयमा दाउरा संकलन गर्ने र अन्य समयमा ज्याला मजदुरी गरी परिवा पाल्दै आएका निम्न आर्य भएका मानिसहरु लक डाउनका कारण दुई महिनादेखी विहान बेलुकीको गर्जो टार्न समेत समस्यामा परेका थिए ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागी सरकाले गरेको लक डाउनका कारण ज्याला मजदुरी गर्ने ठाँउहरु बन्द भएका कारण उनिहरु समस्यामा परेका हुन् ।
अब वर्षासंगै नदीमा बाडि आउन थाले पछी आफुहरुलाई सहज भएको बताउछन् । यसरी निकालेको दाउरा विक्रिबाट मासिक पचास हजारसम्म एउटै परिवारले आम्दानी गर्ने गर्दछन् ।
केही कोहीले घर खर्चका लागी दाउरा संकलन गर्ने गर्दछन् भने धेरै जसो मानिसहरुले विहान बेलुकीको गर्जो नै यही दाउरा विक्रिबाट टार्ने गरेको बताउछन् ।
त्रिशुली नदीको भेलमा ज्यान नै जोखिममा राखेर दाउरा निकाल्ने मानिसहरु  लक डाउनका कारण समस्यामा परेका थिए । अव केही राहता हुने विश्वास उनिहरुमा छ ।
यसरी वर्षाको समयमा तिन महिना संकलन गरेको दाउरा विक्रिबाट उनिहरुले करिव ६ महिनालाई खाने पैसाको जोहो गर्ने गर्दछन् । तर यस वर्ष दाउरा विक्रि गर्ने स्थानहरु होटलहरु नै लक डाउनका कारण अझै बन्द भएकोले गर्दा केही समस्या हुन सक्ने हो कि भन्ने चिन्तामा पनी उनिहरु छन् ।
विषेस गरी राजमार्ग आसपासमा बसेर दाउरा विक्रि गर्ने ब्यवसाय गर्दै आएका निम्न आय भएका मानिसहरुले अहिले दाउरा विक्रिको भन्दा पनी संकलन गर्नकै चटारो भएका बताउनु हुन्छ ।   

प्रतिक्रिया दिनुहोस