X (current)

तरकारीको मुल्य अत्याधीक उपभोक्ताद्धुरा अनुगमनको माग

  Bikaspost   13 January, 2020


धादिङ । दैनिक हरेकको भान्सामा अत्याअवाश्यक पर्ने तरकारीको मुल्यमा कुनै परिवर्तन नआए पछी धादिङका उपभोक्ताहरुले विचौलीया नियन्त्रणका लागी अनुगमन गर्नु पर्ने सरोकारवाला निकायसंग माग गरेका छन् ।
धादिङ जिल्ला तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा मानिने भए पनी उपभोक्ताहरुले भने निकै महङ्गो मुल्यमा तरकारी खरिद गर्नु पर्दा सबैसाधारणको भान्सा दैनिक महङ्गो बन्दै गएको छ ।
सरकराले विचौलीयाको नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको हो । जस्का कारण किसानहरुले उत्पादनको मुल्य नपाउने र उपभोक्ताहरु ठगिनु पर्ने अवस्था आएको हो  ।
गत वर्षको तुलनामा धादिङमा यस वर्ष तरकारी दुई सयदेखी तिन सय प्रतिशतसम्म महङ्गीएको छ ।


गत साल यही सिजनामा दश रुपैया प्रति किलोमा विक्रि भएको बन्दा कोभी अहिलेको बजार मुल्य झण्डै सात गुणले बृद्धि भएको छ । उता किसानहरुले भने मुस्किलले विस रुपैया पाउने गरेका छन् ।   यसै गरी अन्य तरकारीको मुल्य पनी गत साल भन्दा चारदेखी आठ गुणासम्म बृद्धि भएको छ ।
उता ब्यपारीहरु भने जिल्लामा उत्पादित् तरकारीले अधिकाम्स विक्रिका लागी राजधानी लगिने काठमाण्डौबाट पुनःधादिङको सदरमुकाम ल्याउनु पर्ने भएकोले महङ्गो पर्न गएको बताउछन् ।
सदरमुकाम आसपासमा तरकारी उत्पादन कम हुने र यहाँ उतपादन भएकोले तरकारीले बजार धान्न नसक्ने भएका कारण अधिकाम्स तरकारी जन्य बस्तुहरु काठमाण्डौबाट ल्याउनु पर्ने बाध्यता रहेको ब्यपारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस