X (current)

तरकारी बाली रोगका कारण सखाप, किसानहरु समस्यामा

  Bikaspost   8 May, 2020


धादिङ । लक डाउनका कारण समस्या भोग्दै आएका धादिङका तरकारी उत्पादक किसानहरु थप समस्यामा परेका छन् ।

                 किसानहरुले ब्यवसायीक रुपमा  लगाएको करेलमा रोगका कारण फल नै नलागे पछी उनिहरु थप समस्यामा परेका हुन् ।

                 आफुहरुले गरेको तरकारी बालीमा अज्ञात रोग लागे पछी के गर्ने भन्ने अन्यौलमा किसानहरु छन् ।

                 यसो त अन्य तरकारी बालीमा पनी रोगको संक्रमण फैलदै जना थाले पछी किसानहरु  चिन्तीत बनेका हुन् ।

                 फल दिने बेलामा सबै तरकरीको बोट नै उखेलेर फल्नु पर्ने अवस्था आएको किसानहरुको भनाई छ ।

                आम्दानी राम्रो हुने भन्दै सयौ रोपनी जमीनमा लागईएको करेला खेती त ध्वस्त भएको छ ।

                बोट मात्र छ त्यो पनी रोग लागेको फल फल्ने आसा त अव मर्दै जना थाल्यो किसानहरुको दुखेसो रहेको छ ।

                लक डाउनका कारण           कतै हरियो तरकारी बेच्न नपाएको समस्या छ त कतै लगाएको तरकारीको लागत मूल्य समेत नउठ्ने गरी रोगको प्रकोप फैलीएको  किसानहरुको भनाई छ ।

                यसो त तरकारी बालीमा रोग लागेको, मल बीउ समयमै नपाएका र बिचौलियाहरुबाट हेपिएको जस्ता समस्या सधै जसो किसानहरुले भोग्दै आई रहेका छन् । 

                रोगको समस्याबाट थाक्रे गाँउपालिका–११ वालुवाफाँट र आसपासका करिव १९ हेक्टर जमीनमा  लगाइएको करेला बाली  नष्ट भएको हो ।

                 सो क्षेत्रमा गरिएको करेला बालीमा पात पहेलो हुने मुन्टा मर्ने र बोट सुक्दै जाने समस्या आएको छ । 

                प्रविधिकहरुले तरकरीमा पाउडरीमिल्लु नामक रोगको प्रकोपका कारण यस्तो अवस्था आएको बलाउदै अत्याधीक वर्षा भएकोले गर्दा यसको संक्रमण झनै फैलन सक्ने अनुमान गरेका छन् ।  तर किसानहरुले विउको समस्या हुन सक्ने अनुमान गरेका छन् ।

                गत वर्ष सोहि क्षेत्रमा लगाएको करेला बालीबाट यहि सिजनमा एउटै किसानले विसलाखसम्म आम्दानी गरेकोमा अहिले सबै बाली सखाप भएका कारण आम्दानी नै नहुने बताएका छन् । सो क्षेत्रमा लगाईएको सबै ललहरे बालीमा यस्तो समस्या देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस