X (current)

त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड मर्मत सहित कालोपत्रे

  Bikaspost   23 October, 2019


धादिङ । राजधानी प्रवेस गर्ने मुख्य नाका त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको यात्रा अब सहज हुने भएको छ ।
विग्रदो सडकको अवस्थामा सुधार गर्न सुरु गरेसंगै राजमार्गको यात्रा सहज हुने भएको हो ।
विषेस गरी राजमार्गको देब्रे लेन नराम्ररी विग्रिए पछी सवारीका साधानहरु उकालोमा सहजै उक्लन नसक्दा सो राजमार्ग भएर राजधानी प्रवेश गर्ने सवारीका साधनहरु घण्टौ जाममा बस्नु पर्ने बाध्यात रहेको थियो ।
अब भने तोकिएकै छोटो समयमा नै नौविसेबाट राजधानी प्रवेश गर्न सहज हुने  सवारी चालकहरु बताउनु हुन्छ ।  
अब राजमार्गको विग्रिएका स्थानहरुमा मर्मत सम्भारको कामले तिब्रता पएसंगै यात्रा पनी सहज हुने भएको हो ।
दुबै राजमार्गको देव्रेलेन र भत्कीएका स्थानहरुमा सडक विभागले मर्मत गरी कालो पत्रे गर्न थालेको  छ ।
पिपलामोडदेखी काठमाण्डौतर्फ नागढुङ्गसम्म कालो पत्रे धमाधम भईरहेको छ ।
यसै गरी पिपलामोडदेखी  धादिङतर्फको नौविषेसम्म केही भागमा बाहेक मर्मत सहित कालो पत्रे गरिसकेको छ ,भने सोे खण्डमा भित्ता काटेर सडक चौडा बनाईएको ठाँउमा कालो पत्रे गर्ने काम सुरु गरिएको छ । पृथ्वी राजमार्गमा गत महिना नै विग्रिएका स्थानहरुमा मर्मत सहित कालो पत्रे गर्ने काम सकिएको छ ।


राजधानी प्रवेस गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरु काम गरेको समयमा जाममा बस्न नपरोस् भन्दै एकातर्फी सवारी सुचारु गरी काम गरिरहेको छ ।
त्रिभुवन राजपथको विग्रिएको १२ किलोमिटर सडक अब केही दिनमा नै मर्मत सहित कालो पत्रे हुने साईड सडक कार्यालय  धादिङले जनाईएको

प्रतिक्रिया दिनुहोस