X (current)

त्रिशुली नदीमा बस खस्दा ८जनाको मृत्यु २६घाईते

  Bikaspost   19 May, 2019


धादिङ । पृथ्वी राजमार्गमा आज विहान भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ,बसमा सवार अन्य २६ यात्रु घाईते भएका छन् । काँकरभिट्टाबाट काठमाण्डौतर्फ आउदै गरेको ना ७ ख ४३८७ नम्वरको बस गजुरी गाँउपालीका स्थित बन्छेटार भन्ने ठाँउमा सडकबाट करिव विस मिटर तल खसी त्रिशुली नदीमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईलाम कन्याम निवासी २० वर्षीय विशाल गिरी चन्द्रागीरी नगरपालीका बस्ने ३५ वर्षीय सिता थपलीया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङको राजन आचार्य रहेका छन् । दुर्घटनामा परी मृत्यु हुने प्रकाश श्रेष्ठ र शेखर मगरको भने ठेगाना खुल्न सकेको छैन । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । घाईते सबैलाई थप उपचारका लागी काठमाण्डौ पठाईएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाईएको छ । केही घाईतेको अवस्था गम्भिर रहेको छ । दुर्घटना अत्याधिक गतिका कारण बस अनियन्त्रीत भई भएको हुन सक्ने ट्राफिक प्रहरीको प्ररम्भीक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस