X (current)

त्रिशुली नदी किनारको फिरफिरे हटाउन गजुरी गाउँपालीकाको निर्देशन

  Bikaspost   8 February, 2020


धादिङ । गजुरी गाउँपालीकाले  त्रिशुली नदी किनारमा स्थापना गरिएको बालुवा धुने फिरफिरे पैतीस दिन भित्र हटाउन सम्वन्धित् सोकारवालाहरुलाई निर्देशन गरेको छ ।
बालुवा धुने फिरफिरेले त्रिशुली नदीको सौन्दर्य विगारेको  र नदीमा पानी प्रदुषित बनाएका कारण  तत्काल हटाउन खोजिएको गाउँपालीकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनु भएको छ ।
नदीमा दैनिक बढ्दो प्रर्दुषणले गर्दा त्रिुशली नदीमा जल यात्राका लागी आउने पर्यटकहरुको आवागमनमा निकै प्रतिकुल प्रभाव समेत पर्दै गएको छ ।
सरकराले तोकेको एक सय गन्तव्य मध्य त्रिशुली नदी पनी भएको भन्दै पर्यटन वर्षमा जतिसक्दो  जलयात्राका माध्यमबाट स्वदेशी एवं विदेशी पर्यटकहरु भित्र्याई नदीको धार्मिक र ऐतिहाँसिक महत्वका बारेमा प्रचारप्रसार गनुका लागी  गाउँपालीकाले यस्तो निर्देशन गरेको हो ।
जस्का कारण पर्यटनको माध्यमबाट धादिङका स्थानीयहरुको आर्थिक अवस्थामा समेत सुधार गर्न सकिने दावी गाउँपालीकाको छ ।
नदी किनारामा राखिएको बालुवा धुने वास उद्योगमा जडित  फिरफिरेका कारण नदिको किनार अतिक्रमणमा परेकोे छ ।
त्रिशुली नदीमा हरेक समय ¥र्याफ्टिङका लागी स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको तर नदीका पानी प्रर्दुषीत भएकोले समस्या उत्पन्न हुन थालेको गुनासो पनी गाँउपालीकामा पर्यटन ब्यवसायीहरुले गर्न थाले अध्यक्ष बस्नेत बताउनु हुन्छ ।
यसो त पर्यटन वर्षमा जति सक्दो धेरै पर्यटकहरु त्रिशुली नदीमा जलयात्राका भित्रायाउने लक्ष्य पालीकाको  रहेको पनी जानकारी दिनु भएको छ ।
बेल्खुदेखी मलेखु खोलासम्म त्रिशुली नदीको किनार सफा राखी जलयात्रामा आउने पर्यटकहरुका लागी आवाश्यक सम्पुर्ण  ब्यवस्थाका  गाउँपालीकाले नै गर्न लागीएको पनी उहाँले बताउनु भएको छ ।


त्रिशुली नदी किनारामा रहेका सबै बालुवा धुने फिरफिरेहरु हटाए पछी करिव तिन सय रोपनी जमीन खाली हुनेछ ।
सो क्षेत्रमा जलयात्रामा आउने पर्यटकहरुका लागी पार्क होटल मनोरञ्जनका लागी आवाश्यक सम्पुर्ण पुर्वाधार निर्माण हुने छ ।

प्रतिक्रिया दिनुहोस