X (current)

त्रिशुली नदी वारपारका लागी जोखिम मोलेर तुईनको प्रयोग गर्नु पर्ने बाध्यता हट्यो ,त्रिशुली नदी माथी सबै स्थानमा झोलुङ्गे पुल

  Bikaspost   5 July, 2020


धादिङ । त्रिशुली नदी वारपारका लागी तुईन भएको  धादिङका सबै स्थानहरुमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ ।
यससंगै अब त्रिशुली नदी वारपारका लागी जोखिम मोलेर तुईनको प्रयोग गर्नु पर्ने बाध्यता धादिङ र गोर्खाका स्थानीयहरुलाई हटेकोे छ ।  
धेरै जसो स्थानहरुमा पृथ्वी राजमार्गको धादिङ क्षेत्रलाई झोलुङ्गे पुलले गोर्खा जिल्लासंग सिधै सम्पर्क स्थापित गरेको छ ।
सरकारले तुईन भएका ठाँउहरुमा तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरुप यस क्षेत्रका सबै तुईनहरु हटाई पुल निर्माण गरेको हो ।
त्रिशुली नदी माथी झोलुङ्गे पुल निमार्ण भए पछी आवत जावतमा निकै सहज भएको भनाई धादिङ र गोर्खाका स्थानीयहरुको छ ।
विषेस गरी गोर्खा र धादिङको दक्षिणी सिमानामा पर्ने  सबै जसो क्षेत्रहरुमा त्रिशुली नदीले छुट्याएको   कारण एक जिल्लाबाट आर्को जिल्लामा आउन जान समेत तुईनका कारण निकै असहज भएको बेला झोलुङ्गे पुल निर्माण भए पछी स्थानीयहरुले राहात महशुर गरेका छन् ।
बालवालीकाहरुलाई विद्यालय आवतजावतमा होस् या उत्पादीत् कृषी उपज ओसार पसारमा होस् तुईन भन्दा पुल नै सहजिलो भएको भानाई उपभोक्ताहरुको छ ।
धादिङ जिल्लामा  पर्ने त्रिशुली नदीको  एक दर्जन स्थानहरुमा रहेको तुईन हटाई अहिले पुल निर्माणको काम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस