X (current)

दक्षिणी धादिङको विकट बस्ति रैलेमा मोटर बाटो स्थानीयहरु खुशी

  Bikaspost   10 March, 2020


धादिङ । दक्षिणी धादिङको विकट बस्ति रैलेमा मोटरबाटो पुगेको छ । गल्छी गाउँपालीकामा पर्ने सो विकट बस्तिमा पहिलो पटक सडक संञ्जालले पृथ्वी राजमार्गसंग जोडेको हो ।
गाउँमा सडक पुगेसंगै स्थानीयहरु खुशी भएका छन् । आम्दानीको श्रोत केही नभएका सो बस्तिका मानिसहरु गाउँमा सडक पुगेपछी आय आर्जनमा समेत लागेका छन् ।
उनिहरुले आफ्नो घरायसी प्रयोजनका लागी मात्र गर्दै आएको तरकारी खेती बडाई आय आर्जन गर्नसुरु गर्ने बताएका छन् ।
मोटरबाटो नहुदा आफुले उपभोग गरेर बडी भएको तरकारी जन्य बस्तु त्यसैखेर जानेमा अब विक्रीका लागी बजारपु¥र्याउन समेत सहज हुने स्थानीयहरुबताउनु हुन्छ ।
यससंगै पशुपालनलाएत अन्य आय मुलक काम गर्ने भएका हुन् । सडक गाउँमा नैपुगे पछी भुकम्प पछीको पुन निर्माण समेतमा सहयोग पुग्ने भन्दै बल्ल पुन निर्माणका काम सुरु भएको छ ।
निर्माण समग्रीहरु सहजै गाउँमा पु¥र्याउन नसक्दा पुन निर्माणको काम समेत केही ढिलाई हुन पुगेको यिो ।
यसो त सडक संञ्जालमा गाउँलाई जोडेपछी  विरामी पर्दा अस्पताल जाने र दैनिक उपभोय आवाश्यक बस्तु तत्काल ल्याउन सकिने पनी भएको छ ।
पहिले चार पाँच महिनाका लागी सबै आवाश्यक उपभोग्य बस्तु एकै पटक ल्याउनु पर्नेमा अब त्यो समस्या पनी समाधान हुने भएको छ । जस्का कारण आर्थिक भार समेत कम हुने विश्वास स्थानीयहरुमा  छ ।


सडक पृथ्वी राजमार्गको गल्छीदेखी मकवानपुरको सिमानामा पर्ने महाभारत पर्वत श्रृखलाको रैलेमा यसै महिना जोडिएको हो ।
गल्छी गाउँपनलीकाको कुलो–भञ्ज्याङ्गदेखी तुले डाँडासम्म यस वर्ष गाउँपालीकाको पाँच लाख र स्थानीय बासिन्दाहरुको करिव सातलाख बरावरको जन श्रमदानबाट सो सडक रैले पु¥र्याईएको हो । यससंगै अब धादिङको गल्छीदेखी  मकवानपुरको कैलाश र शिखरकोट सिधै सडक सम्पर्कमा जोडिने छ । 

प्रतिक्रिया दिनुहोस