X (current)

दमौलीमा कवि गेष्ठी

  shiva Silwal   28 October, 2018


तनहुँ, ११ कात्तिक। गण्डकी वाङ्मय प्रतिष्ठानले विशेष कवि गोष्ठी सम्पन्न गरेको छ।

कवि भूपिनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका कविहरूका साथै अन्य प्रदेशका कविहरूलाई पनि निम्त्याइएको थियो। सुदूरपश्चिम प्रदेशबाट साहित्यकार हेमन्त विवश र प्रदेश नं ३ बाट साहित्यकार दीपेन्द्रसिंह थापालाई विशेष अतिथिका रूपमा सहभागी गराइएको उक्त विशेष कार्यक्रममा काशीनाथ न्यौपाने, मधुमाया घिमिरे, शुभ पिया, लक्ष्म तिमल्सिना, महेन्द्र रम्घाली, अन्जु दाहाल, गौकुमारी न्यौपाने, शान्ता बास्तोला, सन्देश अधिकारी, विकास बजगाईं, कल्पना पौडेल, सुनिता आचार्य, समुद्र गोदार, चक्रबहादुर अधिकारी, जानुका अश्रुधारा, दिवाकर भट्टराई, कृष्ण महत, अन्जान यात्री, धनन्जय भण्डारी, अमरराज नहर्कीलगायत कविहरूले आआफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रमको संयोजन नारायणी अधिकारीले गर्नुभएको थियो। वाचन गरिएका रचनाहरूमा आध्यात्मिक, हरिचन्द्र वाग्ले, सामाजिक, शृङ्गारिकलगायत विषयवस्तु प्रस्तुत भएका थिए। केही कविले निर्मला पन्त हत्याकाण्डको सन्दर्भ समेत हृदयस्पर्शी पाराले उल्लेख गरेका थिए। गण्डकी प्रदेशका ग्रमीण पर्यटन प्रबर्द्धन गर्न आगामी दिनमा विभिन्न गाउँहरूमा समेत कार्यक्रम गर्न लागिएको गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए।

प्रतिक्रिया दिनुहोस