X (current)

धादिङका विकट वस्तिहरुमा गाँजा खेतीलाई विस्थापित गरी कृषी पेशालाई स्थापित गर्ने–भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री दावा र्दोजे लामा

  Bikaspost   12 December, 2019


धादिङ । राज्यले अवैध घोषण गरेको गाँजा खेतीलाई विस्थापित गरी कृषी पेशालाई स्थापित गर्नका लागी ३ नम्वर प्रदेश सरकराले दक्षिणी धादिङका विकट वस्तिहरुमा विषेस कृषी कार्यक्रम सुरु गरेको छ ।
गाँजा खेती विस्थापित गरी अन्य आयमुलक काम र नगदेबालीका लागी आवाश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु निर्माणका लागी प्रदेश सरकराले बजेट नै विनियोजन गरेको भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री दावा र्दोजे लामाले जानकारी दिनु् भयो ।
प्रदेश नं–३को महाभारत श्रृखलामा बसोवास गर्दै आएका मानिसहरु राज्यले अबैध भनी घोषण गरेको गाँजा खेतीका कारण समस्यामा फस्दै आउने गरेको भन्दै सरकारलदे यस्तो निर्णय गरेको हो ।
सो क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाई  आधुनीक कृषीतर्फ आकर्षणका लागी सरकराले आवाश्यक सम्पुर्ण ज्ञान सिप प्रदान गर्न कृषी ज्ञान केन्द्र धादिङ मार्फत कार्यक्रम सुरु गर्ने जनाईएको छ । पहिलो चरणमा बेनीघाट रोराङ्ग,गजुरी , गल्छी,र थाक्रे गाउँपालीकाबाट यो कार्यक्रम सुरु गर्ने पनी जनाईएको छ ।
त्यस्ता स्थानहरुमा  सरकारको अनुकुलमा नभई सो क्षेत्रमा वसोवास गर्दे आएका मानिसहरुलाई कुन खेती उपयुक्त छ त्यहाँका स्थानीयहरुको माग अनुसार कार्यक्रम दिईने र जिविकोपार्जनमा सहज बनाउने पनी जनाएको छ ।
 सडक र खेती पातीका लागी आवाश्यक सिंचाईको ब्यवस्था, मल विउलगाएत सबै सहयोग सरकराले गर्ने जनाईएको छ ।


यसै गरी किसानहरुले उत्पादन गरेका कृषी र पशु जन्य बस्तुहरुको मुल्य निर्धारणदेखी बजारी करणका लागी पनी सरकराले नै सहयोग गर्ने कृषी ज्ञान केन्द्र धादिङले जनाएको छ ।
दक्षिणी धादिङको महाभारत श्रृखलामा बसोवास गर्ने मानिसहरु हरेक वर्ष प्रतिबन्धीत लागु औषध गाँजा चरेसलगाएत अन्य अबैध बस्तुहरको ओसार पसारमा र किन बेचलगाएतका काममा पक्राउ पर्ने गरेसंगै सरकराले यसलाई नियन्त्रण गर्न यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस