X (current)

धादिङको खनीयाँवास गाउँपालीका स्थित कुरी गाउँमा भुकम्पका कारण भत्कीएको मन्दङ्गको पुन निर्माण

  Bikaspost   5 June, 2023


धादिङ ।  मन्दङ्ग आठ वर्ष पछी पुनः निर्माण गरेको हो । परापुर्वक कालमा सम्भोटा र रञ्जना लिपिबाट विभिन्न किसिमका मन्त्रहरु लेखिएका सिलालेखहरु भुकम्पका कारण टुटफुट भएको र हराउदै जना थालेको भन्दै खनीयाँवास गाउँपालीकाको सहयोगमा स्थानीयले  मन्दङ्ग पुन निर्माण गरेको हो ।

परापुर्वक कालमा खनीयाँवास गाउँपालीकाको कुरी भन्ने गाउँमा भुतले मानिसहरुलाई निकै  दुःख दिने गरे पछी भुतलाई विभिन्न मन्त्राको माध्यमबाट लखेटेको किवदन्ती रहेको छ ।

बाँकी बसोका भुतलाई अब के गर्ने भनेर गाउँले विच सल्लाहा हुदा लामा झाँक्रीहरुको मन्त्रले थुनेर राख्ने भन्ने भए पछी एउटा घर जस्तो पर्खाल बनाई विभिन्न किसिमका मन्त्रहरु सिलामा लेखेर पर्खाल लगाई घेरेर राखेको स्थानीयको भनाई छ । त्यस पछी मानिसहरुलाई दुरुख दिा छाडेको भनाई छ ।  यस्ता दशकौ पुराना ऐसतहाँसिक स्थानहरुमा रहेका बस्तुहरुको संरक्षणमा सरकारले समेत सहयोग गर्नु पर्ने माग खनीयाँवासका स्थानीयको माग रहेको छ ।

ति मन्त्रहरु सबै लामा झाँक्रीहरुले सम्भोटा र रञ्जना लिपिमा लेखेको पाईएको छ ।  तर सिलालेखमा लेखीएका अक्षरहरु कसैले नबुझ्दा भने लेखिएका कुराहरु क्रमबद्ध नभएको हुन सक्ने भनाई छ । लिपिलाई क्रमबद्ध रुपमा मिलाएर राख्न नजानेको समेत स्थानीयको भनाई छ ।  कुन अक्षरले के लेखिएको भन्ने नबुझोको बताउदै ऐतिहाँसिक सिला लेखहरु संरक्षण मात्रै भएको स्थानीयको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस