X (current)

धादिङको रुवीभ्याली स्थित पाङ्साङ्मा भ्यू टावर निर्माण गरिने

  Bikaspost   21 June, 2019


धादिङ । पर्वतीय पर्यटन प्रवद्र्धन गर्न धादिङको रुवीभ्याली स्थित पाङ्साङ्मा भ्यू टावर निर्माण गरिने भएकोछ । हिमाल दृश्यावलोकनका ४ हजार २ सय मिटर उचाईमा पाङसाङबाट निर्माण हुने उक्त भ्यू टावर वाट अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसीहुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेटमै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने नेपाल पर्वतारोहण संघका महासचिव कुलवहादुर गुरुङ वताउनु हुन्छ ।
भ्यू टावर निर्माण गर्न प्रदेश नं ३ सरकारले ६० लाख चालु आर्थिक वर्षमा विनियोजन गरे पनि नेपाल पर्यटन वोर्ड वा प्रदेश सरकार आफैले गर्ने अन्यौलताले खर्च हुन सकेन । पाङसाङवाट प्याल्दोर पिक जाने पर्यटकीय पदमार्गमा लागी पनि ५० लाख विनियोजन गरिएकोछ । स्थानीय तह संग मिलेर आयोजना हामी आफै निर्माण गर्ने पक्षमा छौं नेपाल पर्यटन वोर्डका सदस्य दिपक महतले वताए ।
नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर थप अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो ।
पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादन देखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचानहुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको पुर्व सम्भाव्यता अध्ययन गर्न पाङ्साङ पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए । काठमाण्डौं वाट सवै भन्दा नजिकको हिमाल श्रृखला गणशे हिमाल र आसपासका धादिङको रुवीभ्याली स्थित पाविल हिमाल क्षेत्रको अध्ययन गर्न आएका आयोग उपाध्यक्ष क‘डेलले ‘सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा अधिक संभावना रहेको वताए ।
पाल्दोर आधार शिविर र पाङसाङपासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्चपदाधिकारी द्वारा स्थलगत अवलोकन गरिसकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरिक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजनाआयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
पर्यटन मार्फत नै आर्थिक समृद्धि र विश्व समुदायको ध्यानखिच्न सक्ने उपयुक्त परियोजनाको खोजीगर्दा राजधानीबाट सबैभन्दा नजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनीले वताए ।
अध्ययन पश्चात उपाध्यक्ष कँडेलले “प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त स्थानमा रहेकोले अगाडी बढाउन उपयुक्त देखिएको छ ।”राष्ट्रिय आवश्यकताको आधारमा यस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने वताए ।
नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यस अघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकाले बजेट समेत विनियोजन गरेको छ ।
सरकारले माउण्टेनहब बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशीभएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हबनिर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउछन् ।
नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीयपर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडी बढाएकोमा खुशी व्यक्तगर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस