X (current)

धादिङको सल्यानटारमा कर छल्दै भुसे ईट्टा उद्योगहरु संञ्चालन

     3 March, 2019


धादिङ ।  धादिङको त्रिपुरा शुन्दरी गाउँपालीका स्थित सल्यानटारमा कानुनी प्रवाधान पुरा नै नगरी दर्जनौको संख्यामा ईट्टा उद्योगहरु निर्वादरुपमा संञ्चालन भई रहदा समेत सारेकारवाला निकाय मौन बसेको छ ।
जथाभावी खोलीयका यस्ता उद्योगहरुका कारण वातबरणमा प्रतिकुल प्रभाव पर्न थालेको छ ।
 सो क्षेत्रमा अहिले घरै पिच्छे जस्तो यस्ता स–साना उद्योगहरु खुलेका छन् ।
 उद्योग संञ्चालनका लागी अपनाउनु पर्ने कानुनी प्रवाधान जस्तै आई ई ई गर्नु पर्ने र घरेलु तथा सान उद्योग विकास समितीमा दर्ता गरी सरकरालाई कर तिर्नु पर्ने भए पनी कुनै पनी मापदण्ड पुरा नगरी यस्ता उद्योगहरु संञ्चालन गरेको पाईएको हो ।
जिल्लाको यस क्षेत्रमा अहिले एक सय भन्दा धेरै यस्ता भुसे ईट्टा उद्योगहरु रहेको तथ्याङ्क  छ ।
कुनै पनी उद्योगहरुले कानुनी रुपमा सक्षम र मापदण्ड पुरा गरेको पाईएको छैन ।
यस्ता उद्योगहरुका कारण वातावरणमा समेत प्रतिकुल प्रभाव पर्ने र सरकारलाई तिर्नु पर्ने राजश्व समेत छाली गर्दै आएका कारण तत्काल कानुनी दायरामा ल्याउनु पर्ने सरोकारवाला निकायसंग वाताबरण विदहरुको मागरहेको छ ।
 रातो माटो भएका कारण सो स्थानमा जता ततै उद्योग संञ्चालन गरिएको हो ।  यस्ता उद्योगहरुलाई कानुनी दायरामा ल्याउन सकेको खण्डमा वताबरण जोगिनुका साथै राज्यमा हुने कर चुहावट पनी रोकिने विश्वास रहेको छ । भुकम्प पछी यस्ता उद्योगहरु यहाँ जथाभावी खुलेको स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस