X (current)

धादिङमा आज एकै दिनमा १७ जना व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि

  Bikaspost   8 June, 2020


धादिङ । जिल्लामा आज एकै दिनमा १७ जना व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले उनिहरुमा कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो ।
संक्रमीत ब्यक्यिहरु सबै नीलकण्ठ नगरपालीकाको भएको खुलेको छ ।
संक्रमीतहरु नीलकण्ठ–१ का १७ बर्षका पुरुष, नीलकण्ठ –२ का २२ बर्षका पुरुष, नीलकण्ठ– ३ का ४० बर्षका पुरुष, नीलकण्ठ –५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ –११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ –१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् ।
उनिहरु सबै भारतका विभिन्न स्थानबाट यही महिनाको १० गते सुनौली नाका हुदै धादिङ आईपुगेका हुन् । ति सबैलाई धादिङ स्थित क्वारेन्टाईनमा राखिएको थियो ।यसै गरी सडकमा बस्दै आएका एक महिलामा पनी कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो । निज महिला गजुरी गाउँपालीकाको घाटवेसी आसपासमा बस्दै आएको खुलेको छ ।
क्वारैनटाईनमा बस्दै आएकाहरुलाई २३ गते ¥र्यापीड डाईगोनोष्टिक टेष्ट आरडिटि गर्दा पोजेटिभ आए पछी थप परिक्षणका लागी थ्रोट स्वाको नमुना लिईएको थियो । २३ गतै दुई सय पचार जनाको ¥र्यापिड डाईगोनोष्टिक टेष्ट गरेकोमा ३४ जनाको पोजेटिभ आए पछी पिसिआरका लागी नमुना संकलन गरिएको हो । ति मध्य १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यसंगै संक्रमीतहरुसंगै बसेका तर आरडिटि नेगेटिभ आएकाहरुलाई भने घर पठाईएको थियो ।
पिसिआर पोजेटिभ आएकाहरुलाई अहिले लक्ष्यण देखिएकाहरुलाई आईसोलेसनमा राखि उपचार गर्न र नदेखिएकालाई क्वरेन्टाईमा नै राख्ने जिल्ला अस्पताल धादिङले जनाएको छ ।
यसै गरी उनिहरुसंगै बसेर आरडिटि नेगेटिभ आएकाहरुलाई पुनः गाउँमा खोजि गर्ने र उनिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक टेसिङ्ग गर्ने काम सुरु गर्ने जनाईएको छ । संक्रमीतहरु मध्य सबै भन्दा धेरै वडा नं–१४का रहेका छन् । हालसम्म धादिङमा कोरोनाको संक्रमण २३ जनामा भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस