X (current)

धादिङमा आज थप सात जनामा कोरोनाको संक्रमण भएको पुष्टि

  Bikaspost   11 June, 2020


धादिङ । जिल्लामा आज थप सात जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
 नयाँ संक्रमी सबै त्रिपुरा शुन्दरी गाउँपालीका रहेका छन् ।
संक्रमीत ४९ वर्षदेखी १८ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।  संक्रमीत सबै भारतबाट आएका हुन् ।
उनिहरुको प्रदेश प्रयोगशाला हेटौंडाले कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
पहिले ¥र्यापिड डाईगोनेष्टिक टेष्ट गर्दा नेगेटिभ नतिजा आएको तर भारतबाट भरर्खरै फर्केको कारणले गर्दा संका गरी उनिहरुको थ्रोट स्वावको नुमना निकाली पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।
यसंगै धादिङमा कोरोनाबाट संक्रमीतहरुको संख्या ३१ पुगेको छ । ति मध्य सात जना निको भई घर फर्किसकेका छन् ।
बाँकी १६ जनालाई धादिङको सदरमुकाममा निर्माण गरिएको आईसोलेसनमा राखी उपचार गरिरहेको छ भने आज पुष्टि भएकाहरुलाई त्रिपुरा सुन्दरी गाउँपालीकामा बनाईएको आईसोलेसनमा राखी उपचर गर्ने ब्इवस्था मिलाईएको छ ।
यससंगै उनिहरु बसेको स्थान सिल गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ भने संक्रमीतहरुको सम्पर्कमा रहेका नजिकको ब्यक्तिहरुको कन्ट्याक टेसिङ्ग गर्ने कार्य पनी सुरु गरेको जिल्ला अस्पताल धादिङका प्रमुख भुवन पौडेलले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया दिनुहोस