X (current)

धादिङमा  एक गाँउ एक उद्योगको अवधारणका साथ  स्थानीय तहहरुले गाउँ गाउँमा नै उद्योग स्थापना

     5 March, 2019


धादिङ । धादिङमा  एक गाँउ एक उद्योगको अवधारणका साथ  स्थानीय तहहरुले गाउँ गाउँमा नै उद्योग स्थापना सुरु गरेको छ ।

विषेस गरी  भुकम्पका कारण विस्थापित भई सदरमुकाम आसपासमा बसोवास गर्ने विस्थापीतहरुका लागी रोजगारीको अवसरको ब्यवस्था गर्न  स्थानीय तहले नै घरेलु उद्योगहरु स्थापना गरिदिन सुरु गरेको हो ।

विस्थापीतहरुको आर्यआर्जनका लागी पहिलो चरणमा  गलैचा उद्योग स्थापना गरिदिएको छ । उनिहरुलाई रोजगारीका लागी  नीलकण्ठ नगरपालीका बडा नं १२को सक्रियतामा उद्योग स्थापना गरिदिएको हो ।

युवाहरु रोजगारीका लागी विदेश पलायन हुन थाले पछी गाउँमा बृद्ध र बुढापाकाहरु मात्र रहेका कारण उत्पन्न समस्या निराकरणका लागी यस्ता उद्योगहरु स्थापान गर्न थालीएको नीलकण्ठ नगरपालीका १२का वडा अध्यक्ष बाबुराम लम्सालले बताउनु भएको  छ ।

रोजागारीको राम्रो अवसर नेपाल भित्र नै दिन सक्ने भन्दै यस्ता उद्योगहरु फलदायी हुने पनी उहाँले दावी गुर्न भएको छ ।

जिल्लामा पहिलो पटक खोलीएको गलैचा उद्योग अहिले उदारण नै बनेको छ । उद्योगमा गैलैचा बुन्नका लागी सिप समेत सिकाईन्छ ।

जिल्ला घरेलु उद्योग विकास समितीको आर्थिक सहयोग र स्थानीय तहको ब्यवस्थापनामा अहिले पचास भन्दा धेरै घर परिवार विस्थापितहरुलाई रोजगारीका लागी १२ ओटा गलैचा बुन्ने तान जडान गरी उद्योग संञ्चालन सुरु गरिएको छ ।

अब तत्काल बेद बाँसका सामग्रीलगाएत हस्तकलाका  सामानहरु निर्माणका लागी सिप सिकाई ईच्छुक नेपाली युवाहरुका लागी उद्योग स्थापना गर्न सहयोग गर्ने पनी जनाईएको छ ।

नेपाल बाहीर अत्याधीक माग रहेको नेपाली गलैचा उत्पादन गर्नका लागी युवाहरुलाई सरकराले यसको ब्यवसायीकताका लागी आर्थिक लगानी गरिदिनु पर्ने खाँचो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस