X (current)

धादिङमा पर्यटन वर्ष २०२०लाई नोहक गुफा विकासका लागी विषेस काम सुरु

  Bikaspost   8 December, 2019


धादिङ । प्रदेश नं–३ कै सबै भन्दा ठुलो गुफा दावी गरिएको दक्षिणी धादिङ स्थित बेनीघाट रोराङ्ग गाउँपालीकाको दुङ्गवाङ्गमा पर्ने नेहाक गुफाको पर्यटन प्रवर्दनका लागी गाउँपालीकाले विषेस कार्यक्रम लागु गरी काम सुरु गरेको छ  । सो स्थानलाई  जिल्लाको एक मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालीकाले पर्यटन पुर्वाधार विकासको काम सुरु गरेको हो ।
दुङ्गवाङ्गमा सहजै आन्तरीक एवं बाह्य पर्यटकहरका लागी आवत जावतका  मोटर बाटो र बस्नका लागी  सुविधा युक्त पर्यटन घरहरु निर्माणको  काम सुरु गरेको हो ।
पर्यटकी क्षेत्रमा जानका लागी आवाश्यक अन्य पर्यटन पुर्वाधान विकासका लागी गाउँपालीकाले विषेस कार्यायोजना सहित काम अगाडि बढाईएको बेनीघाट रोराङ्ग गाउँपालीकाका प्रमुख कार्याकारी अधिकृत लक्ष्मण भट्टराईले जनाकारी दिनु भएको छ ।
  उक्त गुफा ओरपर सिमान्तकृत चेपाङ्ग समुदायका मानिसहरु बसोवास गर्ने भएकोले सो स्थानका स्थानीयहरुलाई आफ्ना भाषा संस्कृती र रहनसहन जोगेर्नाका लागी समेत कार्यक्रम लागु गर्न सुरु गरिएको प्रमुख कार्यकारी भट्टराईले जनाकारी दिनु भयो ।
यसै गरी नजिकिदै गएको पर्यटन वर्ष २०२०लाई लक्षित गरी धादिङका पर्यटकी क्षेत्र घुम्न आउने पर्यटकहलाई नोहक गुफसम्म ल्याउनु पर्ने भन्दै आगामी महिनसम्ममा पर्यटन पुर्वाधारहरुको विकास गर्ने काम सम्पन्न गर्ने  बताउनु भएको छ ।
नोहक गुफा अहिलेसम्म भेटेको मध्य सबै भन्दा ठुलो भएको दावी गर्दै गुफा भित्र देखिने कलात्मक आकृतीहरुलाई समेत विषेस सजावट गरी अकर्षण बनाउने पनी जनाईएको छ ।
पहिले चरणमा गुफासम्म पुग्नका लागी सडक खन्ने र ठाँउ ठाँउमा विश्राम स्थल निर्माण गरी टि–हाउस संञ्चालन गर्नेलगाएत  गाउँमा होमस्टे संञ्चालनका लागी चेपाङ्ग समुदायमा विषेस कार्याक्रम लागु गर्ने छ ।


सडक लगाएत अन्य पर्यटन पुर्वाधारका लागी डिपिआर तयार  गरिसकेको छ ।
यस क्षेत्रलाई केन्द्र विन्दुमा राखि पर्यटन विकासका लागी  पुर्वाधार विकास गरेको खण्डमा दक्षिणी धादिङमा बसोवास गर्ने चेपाङ्ग समुदायका मानिसहरुको     

प्रतिक्रिया दिनुहोस