X (current)

धादिङमा पहिलो पटक धान दिवसको अवसरमा हिले दौड प्रतियोगिता

  Bikaspost   30 June, 2019


धादिङ । धान खेतीमा प्रविधि र यन्त्रिकरण चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ धादिङ असार पन्द्र अर्थात १६औं धान दिवसको अवसर परेर खुल्ला हिले दौड प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको थियो । धादिङको विर्तावेसीमा खेलाईएको हिले दौड प्रतियोगिता राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा खेलाईएकोे हो ।
संघले हिले दौड पुरानो र मौलीक खेल भएको भन्दै यसको संरक्षण र प्रचार प्रसारका लागी आयोजना गरेको जनाईएको छ ।
कृषी क्षेत्रमा जस्तै शिक्षा स्वास्थ्य र खेलकुद जस्ता कुराहरुमा पनी आधुनीकीकरण भएको र पौराणीक कुराहरु विर्षदै गएकाले यसको संरक्षण गर्नका लागी पनी यो खेलको आयोजना गरिएको लोक खेल संरक्षण अभियान्ता राजकुमार श्रोष्ठले बताउनु भयो ।
प्रतियोगितामा पुरुष र महिला गरी एक सय आठ जना खेलाडीहरुले भाग लिएका थिए ।
खेल पुरुष र महिला विच छुट्टा छुट्टै खेल खेलाईएको थियो । खेलमा महिलातर्फ शिद्धलेककी सोनी गुरुङ्ग प्रथम धुनीवेसीकी रसिला तामाङ्ग दोस्रो र काठमाण्डौकी निर्जला ताम्राकार तृतीय भएकी छीन् ।
यसै गरी पुरुषतर्फ संखुवासभाका विशाल राई प्रथम,कैलालीका किरण मल्ल दोस्रो र नेपालगंजका खिन बहादुर खत्री तृतीय भएका छन् ।
उनिहरुले तिन सय पचार मिटर हिलोको दुरी पार गरेका थिए । पहिलो दोस्रा र तेस्रा हुनेहरुलाई पुरस्कार स्वरुप क्रमशः पचास हजार, तिस हजार र विस हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस