X (current)

धादिङमा पहिलो पटक ब्यवसायीक कालीज पालन सुरु

  Bikaspost   30 October, 2019


धादिङ । धादिङमा पिहलो पटक ब्यवसायीक रुपमा कालीज पाल्न सुरु गरेको छ ।
नीलकण्ठ नगरपालीका वडा नं–७ हिटि भन्ने ठाँउमा करिव नौ रोपनी क्षेत्रफलमा एक करोड लगानी गरी दुई युवाहरु मिली कालीज पाल्न सुरु गरेको हो ।
नेपालमा नपाईने रिङ्ग नेक नामक प्रजातीको कालीजको अण्डा जर्मनीबाट ल्याई उनिहरुले ब्यवसाय सुरु गरेका हुन् ।
राजधानी लगाएत नेपलका ठुला–ठुला शहरहरुमा कालीजको माग बडेसंगै यसको ब्यवसायीक पालन गर्ने चाहाना पनी मानिसहरुमा बड्दै जान थालेको छ ।
नेपाल आर्मीको जागीरबाट अवकास प्राप्त युवा बैदेशिक  रोजगारीमा जान कोसिर गर्दा राम्रो मुलुक नपाए पछी नेपालमा नै केही गरौ भन्ने सोचका साथ दुई जना मिली यो ब्यवसाय गरेको बताएका छन् ।
तिस डिग्र भन्दा मुनीको तापक्रममा अत्यान्त राम्रो हुने यो प्रजातीको कालीज अहिले ति युवाले दुई हजार ओटा आफ्नो फर्ममा राख्ने सोच बनाएका छन् ।
दुई सय पचास ओटा कालीजका चल्ला परिक्षणको रुपमा पालीको र त्यो अत्यान्त राम्रो भएको उनिहरुको भनाई छ ।


अव केही दिनमा अन्य चल्लाहरु राख्ने उनिहरु बताउछन् । जिल्लामा पहिलो र एक मात्र भएकोले  यो ब्यवसाय गर्न रहर हुनेहरुका लागी सिकाई हुने पनी उनिहरुको भनाई छ ।
मासु खान योग्य बनाई सके पछी सजिलै विक्रि हुने बजारका लागी कुखुरा जस्तो मुल्यमा  उतारचढव नहुने भएकाले गर्दा पनी आफुले कालीज पाल्न सुरु गरेको ति युवाको भनाई छ ।
बजारमा माग भएकै कारण  लगानी निकै ठुलो भए पनी  राम्रो आम्दानी  हुने आसामा उनिहरु छन् । मासु खान योग्य कालीज राजधानीका बजारमा अहिले प्रति गोटा चार हजारसम्ममा विक्रि हुने गरेको छ ।  

      

प्रतिक्रिया दिनुहोस